सुनको मूल्य एक सय रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँमा कारोबार भएको छ।
मंगलबार चाँदीको मूल्य भने १० रुपैयाँले बढेको छ। आज चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सोमबार सुन १ लाख ५२ हजार ३ सय र चाँदी १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५०१ डलर र चाँदी २९.३६ डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
810
Shares
प्रतिक्रिया