ad ad

कारोबार


तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदीको कति?

तोलामा ६ सयले घट्यो सुनको मूल्य, चाँदीको कति?

नेपालखबर
भदौ १६, २०८१ आइतबार ११:३२, काठमाडौँ

सुन र चाँदी दुवैको मूल्य घटेको छ। 

आइतबार सुनको मूल्य प्रतितोला ६ सय र चाँदी २५ रुपैयाँले सस्तो भएको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार योसँगै सुन तोलाको १ लाख ५२ हजार ३ सय र चाँदी १ हजार ७ सय ९५ रुपैयाँमा कारोबार भएको छ। 

शुक्रबार सुन १ लाख ५२ हजार ९ सय र चाँदी १ हजार ८ सय २० रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ५०३ अमेरिकी डलर र चाँदी २८.८६ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .