अमेरिकाको खाद्य गुणस्तर परीक्षण एजेन्सी एफडीए (फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन) ले दुई भारतीय कम्पनीको उत्पादनको जाँच गरिरहेको जनाएको छ।
हङकङले यस महिनाको आफ्नो अनुसन्धानमा दुई भारतीय मसला कम्पनीको मसलामा अत्यधिक मात्रामा इथाइलिन अक्साइड भेटिएको बताएको थियो।
हङकङले एभरेस्ट र एमडीएचका केही मसलाको बिक्रीमा प्रतिबन्ध लगाएको छ।
यसपछि सिंगापुरले पनि एभरेस्ट र एमडीएच उत्पादनको बिक्रीमा प्रतिबन्ध लगाएको छ।
एमडीएचर एभरेस्ट मसला भारतमा सबैभन्दा लोकप्रिय उत्पादन हुन्।
यी मसलाहरू युरोप, एसिया र उत्तरी अमेरिकाका बजारहरूमा पनि बिक्री गरिन्छ।
मसलाको गुणस्तरमा विवाद भएपछि एभरेस्टले आफ्ना उत्पादन सुरक्षित रहेको बताएको थियो। अहिलेसम्म एभरेस्टले यस विवादमा कुनै प्रतिक्रिया दिएको छैन।
यससँगै भारतीय खाद्य सुरक्षा अधिकारीहरूले पनि दुवै कम्पनीका मसलाबारे अनुसन्धान थालेका छन्।
Shares
प्रतिक्रिया