सांगीतिक क्षेत्रको कम्पनी म्युजिक नेपाल अब प्राइभेट लिमिटेड कम्पनी बनेको छ।
योसँगै कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) गर्नलागेको विज्ञप्तिमार्फत जनाएको छ।
एनआईसी एसिया क्यापिटलको आइडिया टु आईपीओ सेवाअन्तर्गत साधारण सेयर निष्काशन गर्नलागेको म्युजिक नेपालले जनाएको छ। यसका लागि एनआईसी एसिया क्यापिटलसँग दुईपक्षीय सम्झौता गरेको पनि कम्पनीले जनाएको छ।
आईपीओ निष्काशनसँगै म्युजिक नेपाल सर्वसाधारणमा सेयर जारी गर्ने सांगीतिक क्षेत्रको पहिलो कम्पनी बन्नेछ।
स्रष्टाको संरक्षण गरौँ, राष्ट्रलाई समृद्ध बनाऔँ भन्ने नाराका साथ २०३९ साउन २४ मा कम्पनीको स्थापना भएको थियो।
30
Shares
प्रतिक्रिया