मानिसको जीवनमा धेरै मानिस यस्ता हुन्छन्, जसले तपाईंको सहयोग गर्छन्, तपाईंलाई साथ दिन्छन् र उनीहरुको मन पनि सफा हुन्छ। यस्ता केही मानिस यस्ता पनि हुन्छन्, जसले तपाईंको लागि समस्या सिर्जना गर्न सक्छन्।
त्यति मात्र होइन, कहिलेकाहीँ त यस्तै मानिसको कारण तपाईंको जीवन नै बर्बाद हुन सक्छ। यस्ता मानिससँग जति धेरै टाढा रहन सक्यो त्यति नै राम्रो हुन्छ। यहाँ टाढै रहनुपर्ने केही प्रवृत्तिका मानिसको चर्चा गरिएको छ–
१. आत्मप्रशंसामा रमाउने मानिस
आत्मप्रशंसामा रमाउने मानिसको लागि संसार भनेकै उनीहरुको वरिपरी घुमेको हुन्छ। उनीहरु धेरैजसो आफ्नो कुरा अरुलाई सुनाउन चाहन्छन् र अन्य मानिसले पनि आफ्नो प्रशंसा गरुन् भन्ने चाहन्छन्।
उनीहरुलाई आफूलाई श्रेष्ठ देलाउने चक्करमा हुन्छन्। उनीहरुको लागि संसार भनेकै म, मेरो र आफ्नोबारे भन्नेसम्म मात्र सीमित हुन्छ। तपाईंको जीवनमा पनि यस्ता मानिस छन् भने उनीहरुबाट सतर्क रहनु जरुरी हुन्छ। यस्ता मानिसहरु नकारात्मकताले भरिपूर्ण हुन्छन्। उनीहरुले तपाईंको जीवन बर्बादीतर्फ धकेल्न सक्छन्।
२. धेरै नाटक गर्ने मानिस
साथै उनीहरु अर्काको बारेमा केही न केही भनिदिन्छन्। यसले मानिसहरुको बीचमा मनमुटाव उत्पन्न हुन थाल्छ र तपाईं उनीहरुको बीचमा नराम्रो बन्न पुग्नुहुन्छ।
३. अरुमाथि हाबी हुने मानिस
यस्ता मानिसहरु असामाजिक हुन्छन्। यस्ता मानिसहरुसँगको संगतले तपाईंको आत्मविश्वास झन् कमजोर हुन्छ। यस्ता मानिसहरुले धेरैजसो तपाईंलाई सार्वजनिक स्थलमा अपमान गर्न खोज्छन्।
यहाँसम्म कि हरेक गल्तीको दोष तपाईंमाथि हालिदिन्छन्। विशेषगरी यस्ता मानिसले सबैभन्दा पहिला तपाईंको कमजोरी थाहा पाउँछन् र हाबी हुन थाल्छन्। त्यसैले यस्ता मानिसबाट टाढै रहनुपर्छ।
४. सधैं तनावमा रहने मानिस
यस किसिमका मानिसको साथ लिएर पनि तपाईंले केही हासिल गर्न सक्नुहुन्न।
यस्ता मानिसलाई मिलाएर अघि लैजान त्यति सजिलो हुँदैन। यस्ता मानिसहरु तपाईंलाई मानसिकरुपमा समस्या उत्पन्न गरिदिन सक्छन्। किनकी यी मानिसहरु आक्रामक हुन्छन् र प्रत्येक कुरामा आफू असुरक्षित भएको महसुस गर्छन्।
उनीहरु आफनो विगतको कुरा र पुरानो शत्रुता कहिले पनि बिर्सिँदैनन्। यस किसिमका मानिसहरु समग्र विश्व नै आफ्नो पछि लागेको छ भन्ने सोच्छन्। यस्ता मानिसले तपाईंलाई धेरै तनाव दिन सक्छन् र जीवनलाई झन् जटिल बनाइदिन सक्छन्।
Shares
प्रतिक्रिया