ad ad

कारोबार


बयानपछि विनोद चौधरीले भने: सीजीले १० रोपनी जग्गामा आँखा लगाउला?

बयानपछि विनोद चौधरीले भने: सीजीले १० रोपनी जग्गामा आँखा लगाउला?

नेपालखबर
चैत ८, २०८० बिहिबार ११:१६, काठमाडौँ

उद्योगी तथा सांसद विनोद चौधरीले तत्कालीन अवस्थामा कौडीको भाउ पनि नभएको बाँसबारीको १० रोपनी जग्गामा आफूले आँखा नलगाएको दाबी गरेका छन्।

बिहीबार बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सम्पर्कमा गई जिल्ला सरकारी वकिलको कार्यालयमा बयान दिएर आएपछि कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका उद्यमी चौधरीले आफ्नो चौधरी ग्रुप (सीजी) ले बाँसबारी जुत्ता कारखानाको १० रोपनी जमिन हडप्न खोजेको भन्नु विकृत मानसिकताको उपज भएको टिप्पणी गरेका हुन्। 

‘४२ वर्षअगाडि जग्गाको मूल्य कति नै पर्थ्यो होला? हजारौँ रोपनीको निजी औद्योगिक ग्राम स्थापना गर्ने ग्रुपले, मुलुकभरि नै १४० वर्षदेखि र अझै व्यवस्थित रूपले ८० वर्षदेखि विभिन्न परियोजना गर्ने ग्रुपले १० रोपनी जग्गाको बारेमा कुनै प्रकारको कुदृष्टि राख्छ भन्ने सोच्नु नै विकृत मानसिकताको उपजबाहेक केही होइन’, उनले भने।

उनले थपे,‘आज यो इस्युमा उद्यमी र उद्यममाथि, लगानीकर्ता र करदातालाई राजनीतीकरण गर्न खोजेको प्रस्टसँग देखियो।’

हेर्नुहोस् भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .