राइड सेयरिङ सुविधासहित नयाँ एप बजारमा प्रतिस्पर्धी भित्रिएको छ।
एनआएनएका लगानीकर्ताले आधुनिक फिचर्ससहित जाऊँ गुरु एप सार्वजनिक गरेका हुन्।
जाऊँ गुरु एपको फिचर्समा लोकेसन सेयर, प्रमाणीकरण, जीपीएस ट्रयाकिङ, २४ घण्टा सेवा र कल सेन्टर रहेको छ। भुक्तानीको लागि खल्तीलगायतका एपबाट अनलाइन भुक्तानी गर्न सकिन्छ।
प्रयोगकर्ताले जाऊँ गुरू एपबाट बाइक, ट्याकसी, बाइक डेलिभरी, पानी ट्यांकी, मिनी ट्रक र जिप भाडामा लिनसक्ने व्यवस्था छ।
चालकको लागि कम कमिसन, २४ सै घण्टा सेवा उपलब्ध, चालक बीमालगायतका सुविधा छन्।
युकेमा बस्दै आएका इन्द्रहाङ लिङ्देन जाउँ गुरु प्रालिका अध्यक्ष छन्। उनीसँगै लगानीकर्ता समेत रहेका उपाध्यक्ष खुसीमान लिम्बु र दिवाकर अर्याल प्रबन्धनिर्देशक रहेका छन्।
अध्यक्ष लिङ्देनले यातायात सम्बन्धी सबै सेवा डिजिटल माध्यमबाट गर्ने बताएका छन्।
उनले अहिले यातायातसम्बन्धी सेवा लिन २–३ वटा एप डाउनलोड गर्नुपरेकोमा अब एकै एपबाट धेरै सेवा लिन सकिने जानकारी दिए।
Shares
प्रतिक्रिया