ad ad

रोजगार


कांग्रेसभित्रै सहकारी ‘ठग’हरू छन्, त्यसैले समिति बनाउन मानेन : सांसद दाहाल

कांग्रेसभित्रै सहकारी ‘ठग’हरू छन्, त्यसैले समिति बनाउन मानेन : सांसद दाहाल

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १५:०, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले आफ्नै पार्टीभित्र सहकारी ‘ठग’हरू भएका कारणले सहकारी पीडितलाई न्याय दिने कुराबाट नेपाली कांग्रेस पछि हटेको दाबी गरेका छन्। 

शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद दाहालले  छानबिन प्रक्रियामा लैजान कांग्रेस आफैँ बाधक बनेको दाबी गरे।

‘नेपाली कांग्रेस आफैँ पनि न्याय दिने कुरामा पछि हटेको देखिन्छ। किनभने सहकारी ठगहरू यहीँ संसदभित्र पनि छन् बाहिर पनि छन्, कांग्रसभित्रकै,’ उनले अघि भने, ‘सरकार कसरी ढाल्ने भन्ने नीहित उद्देश्य कांग्रेसमा देखिन्छ।’

साथै, उनले बिहीबार प्रतिनिधिसभा बैठकमा अलोकतान्त्रिक व्यवहार प्रस्तुत गरिएको बताए। 

‘वेल घेर्ने कुरा संसदीय मर्यादाभित्रै पर्छ। तर, उहाँले सम्माननीय उपसभामुखकै कुर्सीमा गएर बसेर, जबरजस्ती गर्ने, पूर्वप्रधानमन्त्रीमाथि हातपात नै गर्ने खोज्ने, जुन खालको अराजनीतिक गतिविधि भयो,’ उनले भने, ‘सत्तापक्ष डराएको होइन, अनुशाशित भएको हो। अराजकताको जवाफ अराजकताले दिँदा हिजो के हुन्थ्यो?’

उनले बिहीबार रास्वपाका केही नेताहरूले आवेगमा आएर संसदीय समिति बन्न नसक्ने बताएपछि प्रधानमन्त्रीले समिति बनाउन छलफल गरिरहेको पनि बताए। 

‘हिजो भलै आवेगात्मक ढंगले कसैले बोल्नुभयो होला। तर समिति बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकपक्षीय, बहुपक्षीय वार्ता र छलफल भइरहेको छ,’ उनले भने, ‘संसदीय समिति बनाउने कुरामा बालुवाटारमा हिजै सहमति भएको थियो। ड्राफ्ट पनि भएको थियो। तर नयाँ बानेश्वर आउँदा त्यो भएन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .