ad ad

कला


प्रियंका चोपडाको ‘डिभोर्स’ हुन लागेको हो?

प्रियंका चोपडाको ‘डिभोर्स’ हुन लागेको हो?

फाइल तस्बिर : अभिनेत्री प्रियंका चोपडा र उनका पति गायक निक जोनस।


नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १६:४२, काठमाडौँ

बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति गायक निक जोनसबीच सम्बन्ध विच्छेद भएको हो कि क्या हो!

यस्तो आशंका अहिले सामाजिक सञ्जालदेखि मिडियासम्म व्याप्त भएको छ। 

कारण अभिनेत्री प्रियंकाले एकाएक सोमबार आफ्नो इन्स्टाग्राम अकाउन्टको बायो परिवर्तन गरेकी छन्। अर्थात् आफ्नो बायोबाट उनले पति निकको सरनेम जोनस हटाएकी हुन्। साथै आफ्नै सरनेम चोपडा पनि अहिले छैन। 

जसका कारण उनीहरूबीच सम्बन्ध विच्छेद त भएको होइन भन्ने अड्कलबाजी अहिले सामाजिक सञ्जालमा भइरहेको छ। 

साथै कतिपय सञ्चारमाध्यमले समेत डिभाेर्स हुन लागेको उल्लेख गरेका छन् भने केहीले निकको परिवारले उनलाई प्रियंकासँग सम्बन्ध विच्छेद गर्न सल्लाह दिएको दाबी गरेका छन्। 

यसअघि प्रियंका र निक गएको तिहारमा एकसाथ देखिएका थिए। दुवै जना मिलेर घरमा दीपावली गरेका थिए।

प्रियंका र निक बलिउडमा मात्र होइन, हलिउडमा समेत चर्चित जोडीमा पर्छन्।

त्यसैले उनीहरूको सम्बन्धमा खटपट भएको हो कि भन्ने हल्ला अहिले हलिउडसम्म पुगेको मिडियाले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .