२० वर्षपछि पुनः प्रदर्शन भएको चर्चित बलिउड फिल्म ‘वीरजारा’ ले कमाइमा रेकर्ड कायम गरेको छ। गत शुक्रबार रिलिज भएको फिल्मले एक सातामा विश्वभरबाट सय करोड भारतीय रुपैयाँको आँकडा पार गरेको हो।
रिलिजको बिसौँ वार्षिकोत्सवको अवसरमा यशराज फिल्म्सले ‘वीरजारा’ लाई विश्वभर फेरि रिलिज गरेको थियो। व्यवसायिक तथा समीक्षात्मक हिसाबले उत्कृष्ट यस फिल्मले सीमापारको प्रेमकथालाई उठान गरेको छ।
ट्रेड एनालिस्ट तरण आदर्शले ‘वीरजारा’ विश्वव्यापी संग्रहबारे जानकारी दिए। उनका अनुसार २० वर्षपछि यो फिल्म १०० करोड क्लबमा प्रवेश गरेको छ। विश्वव्यापी बक्स अफिस वीरजाराको कमाइ १०२ करोड ग्रस कलेक्सन छ।
शाहरुख खान र प्रीति जिन्टा अभिनित यो फिल्म नेपालमा पनि रिलिज भएको थियो। यस फिल्ममा रानी मुखर्जी,अमिताभ बच्चन, दिव्या दत्त, मनोज बाजपेयी, बोमन इरानी, अनुपम खेर र किरण खेर लगायतको अभिनय छ।
यश चोपडा निर्देशित फिल्ममा भारतीय केटा र पाकिस्तानी केटीबीचको प्रेमकथाको कथा भन्छ। २० वर्षअघि यस फिल्मले यसअघि विश्वव्यापी रुपमा ९९ करोड भारु कमाएको थियो।
Shares
प्रतिक्रिया