घोषणा भएको लामो समयसम्म निर्माण कार्य सुरु नभएको फिल्म ‘एक्स ९’ को चर्चा भने भइरहन्छ।
कहिले कलाकार प्रवेशले त कहिले कलाकारले फिल्म छोडेका विषयले चर्चा पाइरहन्छ। यसैबीच फिल्ममा अनुबन्धित भएका सौगात मल्लले पनि यो फिल्म छाड्ने भएका छन्।
फिल्मको छायांकन फेब्रुअरीमै सुरु हुने कार्य तालिका थियो। तर अहिलेसम्म छायांकन सुरु नभएपछि सौगातले फिल्म छाडेका हुन्।
सौगातसँगै फिल्मका लागि ज्यान बनाउन जिमखाना गएका पुष्प खड्का र अनमोल केसी पनि फिल्म छायांकन नभएपछि दोधारमा परेका छन्।
मुकुन्द भट्टको निर्देशनमा बन्ने यो फिल्म के कारणले रोकिएको भन्ने कलाकारलाई नै थाहा छैन्। कलाकारको छोड्ने क्रम बाक्लिएपछि मुकुन्द फिल्म बनाउन कसिएका छन्। अहिलेसम्म फिल्म छायांकन सुरु भएको खण्डमा काम गर्न पुष्प र अनमोल भने तयार देखिन्छन्।
समयमा फिल्म नबन्दा अन्य प्रोजेक्टसँग जुधेकाले एक्स ९ छोड्ने मुडमा पुगेको सौगात बताउँछन्।
कात्तिकबाट नयाँ फिल्ममा काम गर्ने तयारी थालेका सौगातले भदौसम्मको समय ‘राधा’का लागि छुट्याएका छन्। उनले निर्माण गरेको ‘राधा’ भदौ १० मा अल नेपाल रिलिज हुँदैछ।
Shares
प्रतिक्रिया