ad ad

कला


सलमान खानको हत्या गर्ने योजना बनाएको आरोपमा पण्डित पक्राउ

सलमान खानको हत्या गर्ने योजना बनाएको आरोपमा पण्डित पक्राउ

फाइल फाेटाे : सलमान खान


नेपालखबर
भदौ २७, २०७९ सोमबार ११:३९, काठमाडौँ

बलिउड अभिनेता सलमान खानको हत्या गर्ने धम्की आएको केही समयपछि उनको रेकी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

गत जुन महिनामा पञ्जाबी र्‍यापर तथा गायक सिद्धु मुसेवालाको हत्या भएको केही दिनपछि सलमान खानलाई मारिदिने धम्की आएको थियो। 

त्यसयता भारतीय प्रहरीले उनको सुरक्षा बढाएको छ। त्यस क्रममा सलमानको रेकी गरिरहेका कपिल पण्डितलाई प्रहरीले पक्राउ गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ। 

पञ्जाब प्रहरीका डीजीपी गौरव यादवका अनुसार आरोपित पण्डितले आफू सचिन विष्णोई र सन्तोष यादवसँग लरेन्स विष्णोईको निर्देशनमा सलमान खानको रेकी गर्न मुम्बई पुगेको बयान दिएका छन्। 

यस विषयमा अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ। 

गत जुन ५ मा सलमान खान र उनका बुबा सलीम खानलाई मार्ने धम्कीसहितको पत्र आएको थियो। जसमा उनीहरूलाई सिद्धु मुसेवालाजस्तै बनाइने चेतावनी दिइएको थियो। 

यसैबीच सिद्धु मुसेवाला हत्या प्रकरणमा अहिलेसम्म ३५ जनामध्ये २३ जना पक्राउ गरिएको डीजीपी गौरव यादवले बताएका छन्। मुठभेडमा दुई अभियुक्तको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .