छायांकनका क्रममा रहेको फिल्म ‘छक्का पञ्जा ४’ले रिलिज मिति पक्का गरेको छ।
यो फिल्म आगामी फागुन १९ मा रिलिज हुने भएको छ। फिल्मका निर्मातासमेत रहेका कलाकार दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत फिल्मको रिलिज मिति तय भएको खबर सार्वजनिक गरेका छन्।
दीपक यो फिल्म कहिले रिलिज गर्ने भन्ने अन्योलताका बीच काम गरिरहेका थिए। तर अब उनको अन्योलता सकिएको छ।
उनको यो फिल्म कार्तिक ४ मा रिलिज हुने चर्चामा थियो। धेरैले गिरीको यो फिल्म कहिले प्रदर्शन हुन्छ भनेर चासोका साथ हेरेका थिए। गिरीले यस अघि फिल्म कहिले रिलिज गर्ने भनेर छलफलमा रहेको बताउँदै आएका थिएन।
आफ्नो फिल्म दसैंमा रिलिज गर्ने गरेका गिरीले तिहारमा रिलिज गर्ने सोच बनाएका थिए। तर अब फागुनमा मात्रै रिलिज हुने भएको छ।
फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारले अभिनय गरेका छन्।
Shares
प्रतिक्रिया