सपना थियो डाक्टर बन्ने। तर उनलाई आफ्नो जीवन आफ्नै हिसाबले बाँच्नु थियो। हुर्किँदै गर्दा उनले आफ्ना आफन्तले बाँचेको डाक्टरी जीवन देख्दै गइन्।
उनीहरुले आफ्नो ब्यक्तिगत जीवन बाँच्नै पाउँदैनथे। उनले बाँच्न चाहेको जस्तो स्वतन्त्र जीवन डाक्टरहरुले बाँच्न नपाउने देखेपछि उनले आफ्नै सपना फेरिदिइन्। उनलाई लाग्यो ‘सपनाको मूल्य भन्दा धेरै माथि हुन्छ सपनाको मूल्य।’
त्यसपछि सपना फेरेकी अदितीले आईटी पढ्न थालिन। त्यहीताका विज्ञापनमा मोडलिङको अफर आयो। त्यसपछि सपना नै नदेखेको अभिनय यात्रा सुरु भयो अहिलेकी नायिका अदिती बुढाथोकीको। त्यही अफरले फेरिदियो उनको सपनाको लय र समातिन् अभिनयको बाटो। यो बाटो उनले प्लान बनाएर हिँड्न चाहेको बाटो होइन। यही अनप्लान बाटोबाट उनी मुम्बई पुगिन्।
मोड्लिङकै लागि मुम्बई पुगेकी अदितीले ठूलो पर्दामा ब्रान्डको ब्यानर मार्फत डेब्यु गर्न पाइन्। चलचित्र ‘कृ’ मार्फत अनमोल केसीसँग स्क्रिन शेयर गर्दै पर्दामा देखिएकी उनले त्यसपछि भने फिल्ममै सपना बनाइन्। फिल्म सपना नहुँदा पनि अदितीले निकै फिल्म हेरिन्। फिल्ममा अभिनय भने हेरिनन्। उनी कलाकार हेर्थिन्, कलाकारले लगाएका ड्रेस हेर्थिन्। गीत नोटिस गर्थिन्।
पहिलो चलचित्रबाटै राम्रो प्रतिक्रिया पाएकी अतिदीले दोस्रो पटक पर्दामा देखिने हतारो गरिनन्। ‘कृ’मा उनले गरेको अभिनय हेरेर उनलाई आफ्नो फिल्ममा खेलाउन चाहने निर्माता निर्देशक थुप्रै थिए। उनले भने दोस्रो पटक आफ्नै होमप्रोडक्सनबाट पर्दामा देखिने विचार गरिन्।
सन् २०१८ मा ‘कृ’मा अभिनय गरेपछि आएका सबै अफरलाई पर सारेकी अदिती चार वर्षको अन्तरालपछि पर्दामा देखिने तयारीमा छिन्। उनको दोस्रो तथा होमप्रोडक्सनको पहिलो चलचित्र ‘बाबरी’ रिलिजको संघारमा छ। ब्डा दसैंको अवसर पारेर असोज १४ बाट प्रदर्शनको तयारीमा रहेको फिल्मको प्रचारमा अदिती ब्यस्त छिन्।
फिल्म प्रचारका क्रममा अदिती पहिले भन्दा अहिले फरक अनुभव गरिरहेकी छिन्। पहिलो फिल्ममा भन्दा दबाव पनि महसुस गरिरहेकी छिन्। कारण यो फिल्म उनकी आमाले निर्माण गरेकी हुन्। उनकी आमाको पृष्ठभूमि फिल्मी होइन।
त्यसका अलवा दोस्रो फिल्म भएकाले पनि उनी अलि बढी ‘स्ट्रेस’मा छिन्। भन्छिन् ‘धेरैलाई यो फिल्ममा अदितीले कस्तो काम गरेको होला भन्ने जिज्ञासा छ। धेरैलाई अदितीले पहिलाभन्दा राम्रो गरेको छ भन्ने छ। त्यसैले होला म थो स्ट्रेसमा छु।’
फिल्म प्रचारको प्रेसरमा भएकी अदिती बेलाबेला छायांकनका मिठा सम्झना सम्झिन्छिन् र मुस्कुराउँछिन्। ‘बाबरी’ उनले त्यो जीवन बाँचेकी छिन् जुन जीवन उनले कहिले देखिनन्। एनले निर्काह गरेको आक्रोशित क्यारेक्टरले पनि उनको स्वभावसँग मेल खाँदैन। शहरमा हुर्किएकी अदिती गाउँले केटीको भूमिकामा देखिँदैछिन्। यो फिल्मका लागि स्टडी गर्न गाउँ पस्नुअघिसम्म उनलाई लागेको थियो ‘गाउँमा छोरीहरुको विवाह सानैमा हुन्छन। उनीहरु कुर्ता सुरुवाल लाएर बस्छन्।’
तर जब गाउँमा स्मार्ट केटीहरु देखिन्, उनको धारणा नै परिवर्तन भयो।
सुरेन्द्र पौडेलले निर्देशन गरेको ‘बाबरी’ अदितीका लागि धेरै हिसाबले विशेष छ। प्हिलो फिल्ममा छोटो भूमिकामा देखिएकी अदिती ‘बाबरी’मा फिल्मको लिड क्यारेक्टरमा देखिँदैछिन्।
यो फिल्ममा अदितीलाई धिरज मगर र धिरज नाडकरले साथ दिएका छन्। रोमान्टिक कमेडी जनराको चलचित्रमा नरेन्द्र मैनालीको छायांकन, निर्देशक पौडेलकै सम्पदन र सिजन दाहाल, मनोज त्रिपाठी र रीत बोहराको लेखन रहेको छ। यो फिल्म गणेश बुढाथोकी र पुष्पलता बुढाथोकीले निर्माण गरेका हुन्।
Shares
प्रतिक्रिया