अभिनेत्री ऋचा शर्माको फिल्म ‘कौसिद’को प्रदर्शन मिति घोषणा भएको छ।
बड पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्म आगामी पुस १५ बाट अल नेपाल रिलिज हुने भएको हो।
‘कौसिद’ ऋचाको प्रस्तुतिमा बनेको फिल्म हो। यो फिल्ममा ऋचाले अभिनय पनि गरेकी छिन्। फिल्म निर्देशन कुमार भास्करले गरेका हुन्।
फिल्ममा ऋचाका साथमा भोलाराज सापकोटा, रुपेश दाहाल, परीक्षित विक्रम राणा, सदीक्षा गौतम, निर्भिक भट्टराई, सागर भट्टराई लगायत कलाकारले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन्।
केदार भुसाल निर्माता रहेको फिल्ममा दिमेश श्रेष्ठ कार्यकारी निर्माता र लक्ष्मण बाँनिया सह–निर्मातामा हुन्।
फिल्मको पटकथा लेखनमा नव विजय प्रकाश श्रेष्ठ र धिर्जन थपलियाले सहकार्य गरेका छन्। निसल पौडेलले खिचेको चलचित्रको दृष्य सम्पादन मित्र डि. गुरुङ र भीम विश्वकर्माले गरेका छन्।
27
Shares
प्रतिक्रिया