अभिनेत्री नम्रता श्रेष्ठको स्वभाव घुमन्ते छ। उनी अग्ला हिमालमा टहलिन रुचाउँछिन्, हाइकिङमा रमाउँछिन्। उनको साथी सर्कल पनि त्यस्तै छ।
केही दिनअघि नम्रता कीर्तिमानी आरोही निर्मल पुर्जासँग देखा परिन्। पुर्जाले खोलेको पर्वतारोहण स्टोरमा पुगेकी उनीसँग अन्य आरोही पनि देखिए। आफू निकट साथी निर्मलसँगको उक्त भेटमा नम्रताले आफ्नो रहर व्यक्त गरिन्।
नम्रताले पुर्जासँगको भेटमा आफूलाई ८ हजारभन्दा अग्ला हिमाल चढ्ने इच्छा व्यक्त गरिन्। उनले भनिन् ‘मलाई पदयात्रा गर्न मन पर्छ। लोबुचे हिमाल चढ्ने मौका पनि पाएकी थिएँ। तर फोर्टिन पिक्स फिल्म हेरिसकेपछि आठ हजारभन्दा अग्ला हिमाल पनि चढ्न सक्छु जस्तो लाग्छ। मलाई यतिबेला लागिरहेको छ, म हिमाल आरोहणमा सक्षम छु।’
फिल्म ‘फोर्टिन पिक्स’मार्फत आरोही निर्मला पुर्जाको कीर्तिमानी हिमाल आरोहणको कथा भनिएको थियो।
45
Shares
प्रतिक्रिया