नेपालका धेरैजसो कलाकारलाई चुनाव लागेको छ। चुनाव नजिकिएसँगै कलाकारहरुले आफूलाई मन परेका उम्मेदवारलाई भोट मागिरहेका छन्। मन परेका उम्मेदवारलाई भोट माग्न कोही कलाकार काठमाडौं बाहिर पुगेका छन्, कतिले काठमाडौंमा नै बसेर भोट मागिरहेका छन्।
धेरै कलाकार सामाजिक सञ्जालमा पनि सक्रिय देखिन्छन्। मन परेका पार्टी, नेता तथा उम्मेदवारको प्रचार गरिरहेका छन्। मतदाता कन्भिन्स गराउन लागिपरेका छन्।
कलाकारले भोट मागिरहेको यो दृष्यले छोएर हुनु पर्छ कलाकार दीपकराज गिरीले भने आफू कसैको हुन नसकेको स्टाटस लेखेका छन्। उनले लेखेका छन् ‘कलाकारलाई गहना किन भनेको होला? सायद सबैले प्रिय र साझा ठानेकोले होला! त्यसैले म कुनै एक समूहको हुन सकिन, सबैलाइ शुभकामना!’
गिरीको यो स्टाटसमा निर्देशक निश्चल बस्नेत र गिरीको दोहोरी परेको छ। गिरीको स्टाटसमा बस्नेतले कमेन्ट ठोकेका छन् ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेशा भन्दा पहिला देश की के हो दाइ!’ उनले कमेन्टमा हा...हा रियाक्टको इमोजी पनि प्रयोग गरेका छन्।
जवाफमा गिरीले लेखेका छन् ‘हेहेहे आधा सहि हो। वकिलले राम्रो गरेन, वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर! आफू जे हो, त्यो काम इमान्दार भएर गर्नु पर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकोले पनि देशलाई खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर?’
निश्चल र दीपराजको यो सवाल–जवाफमा थुप्रै फेसबुक प्रयोगकर्ताले इन्जोय गरिरहेका छन्। धेरैले यी दुवैलाई जोडेर कमेन्ट गरिरहेका छन्। गिरीले कसैको सपोर्ट गरेका छैनन्। निश्चल भने मन परेका उम्मेदवारलाई भोट मागिरहेका छन्। कतिपय राजनीतिक कार्यक्रम सहभागी नै भैरहेका छन्, कतिपय उम्मेदवारका लागि सामाजिक सञ्जालबाटै भोट मागिरहेका छन्।
Shares
प्रतिक्रिया