दीपकराज गिरी तथा दीपाश्रीले बनाउने भनेको ‘छक्का पन्जा’ले आगामी फागुन १९ लाई रिलिज मिति घोषणा गरेको छ। तर यो फिल्म अझैं छायांकन अझैं सकिएको छैन्।
त्यसो त पहिलो चरणको छायांकन सकेर सम्पादनमा रहेको फिल्मको केहिदिनमै पुनः सुटिङ गर्ने तयारी थालिएको छ। फिल्मको रिसुटलाई लिएर अनेक टिप्पण भइरहदा फिल्मका निर्माता दीपकराज गिरीले भने सामान्य कुरा भनेका छन्।
उनले सम्पदानका क्रममा चित्त नबुझेको दृश्य यस अघिका फिल्ममा पनि पुनः सुटिङ गरिएको बताएका छन्। गिरीकै लेखन रहेको यो फिल्मको निर्देशन हेमराज बिसीले गरेका छन्। गिरीले फिल्मको रिसुटको विषयलाई लिएर भनेका छन् ‘यो हाम्रो फिल्ममा नयाँ कुरा होइन्। फिल्मका केहि दृश्य चित्त बुझेको छैन्, त्यसलाई हामी रिसुट गर्छौँ ।’
आफ्नो फिल्मले कमाईमा रेकर्ड ब्रेक गर्दै आएकाले पनि यो फिल्मबाट दीपकको ठूलो अपेक्षा रहेको छ। दीपक–दीपाको टिमले निर्माण गर्दै गरको ‘छक्का पन्जा ४’ उद्योगकै प्रतिक्षित फिल्मको सूचीमा राखिएको छ।
फिल्ममा दीपक–दीपाका साथमा केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशी लगायतका कलाकारले अभिनय गर्नेछन्।
Shares
प्रतिक्रिया