अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’को ट्रेलर रिलिज गरिएको छ।
ट्रेलरमा पुष्पको माया पाउन साम्राज्ञी भौतारिरहेकी देखिन्छिन्।
रमेश एमके पौडेलको निर्माण तथा निर्देशनमा बनेको यो फिल्ममा साम्राज्ञी र पुष्पलाई सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन, दीपाशा केसी लगायतका कलाकारले साथ दिएका छन्।
फिल्ममा अर्नव पौडेल र आर्यन पौडेलको पनि लगानी छ। फिल्मको कथा लेखनमा सविर श्रेष्ठ र बाबुराम निरौलाले सहकार्य गरेका छन्।
शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, सुभाष भुसाल र योगेश काजीको संगीत रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी छ।
फिल्म यही पुस २९ गते अल नेपाल रिलिजको तयारीमा छ।
93
Shares
प्रतिक्रिया