अभिनेत्री दीपिका पादुकोणको यतिबेला भारतमा विरोध भइरहेको छ। भरतमा विरोध भएकै समय कतारमा भने उच्च सम्मान पाएकी छन्।
दीपिकाले अभिनय गरेको पछिल्लो फिल्म ‘पठान’का कारण आलोचित दीपिकाले कतारमा आइतबार सम्पन्न विश्वकपको ट्रफी अनावरण गरिन्।
भारतका कतिपय राज्यमा प्रतिबन्धित दीपिकाको कतारमा भने सम्मान भएको छ। प्रदर्शनको तयारीमा रहेको फिल्म ‘पठान’मा लगाएको बिकिनीका कारण भारतलगायत विश्वका विभिन्न देशमा उनको विरोध भइरहेको छ।
भारतीय जनता पार्टीका नेता/कार्यकर्ताले हिन्दू धर्मको अपमान भएको भन्दै आलोचना र विरोध गरिरहेका छन्।
तर यही समय कतारमा एक महिनासम्म चलेको विश्वकप फुटबलको फाइनलमा दीपिका ट्रफी अनावरण गरेर आफ्नो स्टारडम पुष्टि गरेकी छन्। भारतकै केही सञ्चारमाध्यमले दीपिकाले भारतको नाम चम्काएको भन्दै समाचार लेखेका छन्।
237
Shares
प्रतिक्रिया