ad ad

कला


पूर्वपत्नीका प्रेमीलाई ‘यारा’ लेखेपछि ट्रोल बने ऋतिक

पूर्वपत्नीका प्रेमीलाई ‘यारा’ लेखेपछि ट्रोल बने ऋतिक

नेपालखबर
पुस २८, २०७९ बिहिबार १३:४६, काठमाडौँ

बलिउड अभिनेता ऋतिक रोशन जनवरी १० मा ४९ वर्षका भए। उनलाई धेरैले सामाजिक सञ्जालमा जन्मदिनको शुभकामना दिएका छन्। उनलाई शुभकामना दिनेमध्ये एक थिए - अभिनेता अर्सलान गोनी। जो ऋतिककी पूर्वपत्नी सुजैन खानसँग डेट गरिरहेका छन्। उनले ऋतिकसँगको तस्बिर सेयर गरे, जसमा ऋतिक ब्राउन सर्टमा देखिएका छन्। यसमा उनले थम्ब्स अप साइन गर्दा फनी अनुहार बनाएका छन्। 

अर्सलानले सामाजिक सञ्जाल स्टोरीमा सेयर गरेको उक्त तस्बिर पार्टीको जस्तो लाग्छ। अर्सलानले क्याप्सनमा लेखेका छन्, ‘ह्याप्पी बर्थडे, ऋतिक रोशन।’

ऋतिकले सोही तस्बिर सेयर गर्दै लेखेका छन्, ‘धन्यवाद यारा।’

ऋतिक र अर्सलानको यो तस्बिर देखेपछि सामाजिक सञ्जाल प्रयोगकर्ताले उनीहरुलाई ट्रोल गरिरहेका छन्। उनले ऋतिकको पूर्वपत्नीका प्रेमीसँग पनि राम्रो सम्बन्ध रहेको भन्दै उडाएका छन्। 

ऋतिककी पूर्वपत्नी सुजैनले सेयर गरेको भिडिओबारे उनीहरुका फ्यानले विभिन्न प्रतिक्रिया दिइरहेका छन्। सुजैनले भिडिओ सेयर गर्दै लेखेकी छन्, ‘जन्मदिनको धेरै धेरै शुभकामना! जीवनको सबैभन्दा बलियो र महत्त्वपूर्ण भाग तपाईंका लागि पर्खिरहेको छ। भगवान्‌ले तपाईंलाई सधैं आफ्नो आशीर्वाद दिऊन्।’

यो भिडिओमा सुजैनका प्रेमी अर्सलान र ऋतिककी प्रेमिका सबा आजाद पनि देखिएका थिए। 

सुजैन र ऋतिकले सन् २०१४ मा आधिकारिक रूपमा सम्बन्धविच्छेद गरेका थिए। उनीहरु दुवैका दुई छोरा छन्। सम्बन्धविच्छेद भएको केही वर्षपछि सुजैनले अर्सलानसँग डेट गर्न थालेकी थिइन्। यसैबीच, ऋतिकले हालै साबा आजादसँगको सम्बन्धलाई पनि अफिसियल गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .