नेपाली फिल्म ‘गुलाबी’को क्यारेक्टर पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा कलाकार नाजिर हुसेनलाई प्रस्तुत गरिएको छ।
पारालैंगिक कथामा निर्माण भएको ‘गुलाबी’ सार्वजनिक पोस्टरमा नाजिरलाई फरक रुपमा देख्न सकिन्छ।
पोस्टरमा नाजिरको लुक्स आकर्षक र भिन्न देखिएको छ। पोस्टरबाट उनले फिल्ममा निर्वाह गरेको भूमिका अनुमान गर्न सकिन्छ।
यो फिल्मलाई समुन्द्र भट्टले निर्देशन गरेकी छन्। फिल्ममा नाजिरका साथमा सञ्चिता लुइँटेल, सुशील श्रेष्ठ, विशाल पहारी, अनुपम श्रेष्ठलगायत कलाकारले अभिनय गरेका छन्।
63
Shares
प्रतिक्रिया