ad ad

कला


आमाको निधनपछि राखीले रुँदै भनिन्, अब मेरो पुकार कसले सुन्छ?

आमाको निधनपछि राखीले रुँदै भनिन्, अब मेरो पुकार कसले सुन्छ?

नेपालखबर
माघ १५, २०७९ आइतबार १४:२२, काठमाडौँ

अन्तिम क्षणमा आमासँगै रहेकी राखी लगभग अचेत अवस्थामा पुगेकी थिइन्। 

आमालाई सम्झिँदै राखीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज मेरो टाउकोबाट आमाको हात हटेको छ। अब मसँग गुमाउन केही बाँकी छैन ।’ उनकी आमाको आज अन्तिम संस्कार गरिने भएको छ। 

राखीले आमासँगको अस्पतालको भिडियो शेयर गर्दै आमाको सम्झिना गरिरहेकी छिन्। उनले भावुक हुँदै लेखेकी छिन्, ‘म तिमीलाई माया गर्छु आमा! तिमी बिना मेरो केहि छैन। अब मेरो पुकार कसले सुन्ने, मलाई अब कस्ले अँगालो मार्छ। अब के गर्ने, कहाँ जाने?’

राखीले गत जनवरी ९ मा रोएर लाइभ च्याट गर्दै आमा जयालाई ब्रेन ट्युमर र क्यान्सर भएको र अस्पतालमा भर्ना गरिएको बताएकी थिइन। 

उनले आफ्नी आमाको लागि प्रार्थना गरिदिन आग्रह समेत गरेकी थिएन्। 

जयाले सन् २०२१ अप्रिलमा पित्त थैलीबाट ट्युमर निकाल्नका लागि लागि शल्यक्रिया गराएकी थिइन्। त्यसपछि उनलाई क्यान्सर भएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .