बलिउड स्टार शाहरुख खानले अभिनय गरेको फिल्म ‘पठान’को विश्वप्यापी कमाइ ९ सय करोड नाघेको छ।
यशराज फिल्म्सका अनुसार फिल्मले भारतमा ५५८.४० करोड र विदेशमा ३४२.६० करोड गरी ९०१ करोड रुपैयाँ फिल्मले कमाई गरेको छ। यशराज फिल्म्सले तेस्रो शुक्रबार भारतमा ५ करोड ९० लाख रुपैयाँ कमाएको बताएको छ।
‘पठान’ २५ जनवरीमा रिलिज भएको थियो। रिलिज भएको दिनदेखि नै यो फिल्मले दिनहुँ कमाइको नयाँ रेकर्ड बनाइरहेको छ।
शाहरुख चार वर्षपछि ‘पठान’ बाट पर्दामा फर्किएका छन्। फिल्ममा शाहरुखका अलावा दीपिका पादुकोण, जोन अब्राहम पनि छन्।
‘पठान’ ले पहिलो दिन भारतमा ५७ करोड कमाएको थियो।
नेपालमा पनि शाहरुख खानको स्टारडमको लोभलाग्दो छ। चर वर्षपछि पर्दामा फर्किएका उनलाई हेर्न नेपाली दर्शक पनि आतुर थिए।
हलिउडको साइन्स फिक्सन फिल्म ‘अवतार ः द वे अफ वाटर’रिलिजपछि सुनसान बनेका नेपाली हलमा पठानले दर्शक तानेको छ।
‘अवतार २’ ले नेपालबाट ९ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो।
Shares
प्रतिक्रिया