विपिन कार्की स्टारर फिल्म ‘प्रसाद २’ को नयाँ गीत सार्वजनिक भएको छ। फिल्ममा समावेश ‘मार्सी धान’ बोलको गीत सार्वजनिक भएको हो।
रिलिजअघि नै गीतको निकै चर्चा गरिएको थियो। गीतले दर्शक हलसम्म तान्न सहयोग गर्ने फिल्म निर्माण टिमको अपेक्षा छ।
फिल्म यही चैत २४ गतेदेखि प्रदर्शन हुँदै छ। सार्वजनिक गीत राजनराज शिवाकोटी र मिलन नेवारले गाएका हुन्। गीतमा राजनराजकै शब्द/संगीत सुन्न सकिन्छ। गीतको भिडिओमा विक्रम स्वारको कोरियोग्राफी छ।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकारद्वय विपिन कार्की र केकी अधिकारीका साथमा म्युजिक भिडिओमा जमेको जोडी आश्मा विश्वकर्मा र सरोज अधिकारीको नृत्य हेर्न सकिन्छ।
फिल्ममा अर्पण थापा, महेश त्रिपाठीलगायत कलाकारले शीर्ष भूमिकामा अभिनय गरेका छन्। राजेश श्रेष्ठको छायांकन रहेको फिल्म मिलन श्रेष्ठले सम्पादन गरेका हुन्।
फिल्म सुदर्शन थापाले निर्देशन गरेका हुन्।
भिडिओ
Shares
प्रतिक्रिया