ad ad

कला


‘आई एम ट्वान्टी वान’को ‘योद्धा’मा धिरज र जसिता (भिडिओ)

‘आई एम ट्वान्टी वान’को ‘योद्धा’मा धिरज र जसिता (भिडिओ)

नेपालखबर
चैत १९, २०७९ आइतबार ९:५८, काठमाडौँ

नेपाली कथानक चलचित्र ‘आई एम ट्वान्टी वान’को नयाँ गीत सार्वजनिक भएको छ। आगामी वैशाख २१ गतेबाट रिलिजको तयारीमा रहेको फिल्ममा समावेश ‘योद्धा’ बोलको गीत रिलिज गरिएको हो। 

सार्वजनिक गीत त्रिशला गुरुङ र प्रसिद राजोपाध्यायले गाएका छन्। स्वप्निल शर्माले लेखेको गीतमा स्वप्निल र रोहित शाक्यले संयुक्त रुपमा संगीत भरेका छन्। 

यसअघि फिल्मको ‘कथा’ बोलको गीत सार्वजनिक भएको थियो। उक्त गीतको राम्रो चर्चा पछि निर्माण टिमले दोस्रो गीत सार्वजनिक गरेको हो।

सार्वजनिक गीतमा नायक धिरज मगर र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ। गीतमा धिरज र जसिताको डान्समा उनीहरुको मेहनत देखिन्छ। यो गीतले पनि युवा पुस्ताको मन जित्ने निर्माण टिमले विश्वास लिएको छ। 

सुशान्त प्रजापतिको छायांकन रहेको फिल्म निमेष श्रेष्ठले सम्पादन गरेका हुन्। फिल्ममा संवाद सोमनाथ खनाल र रेनशा राईको छ।

प्रभुशमशेर जबरा र प्रज्ज्वल शमशेर जबराले लगानी गरेको यो फिल्म रेनशा राई रानाले निर्देशन गरेकी हुन्। आइकोर फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मको ट्रेलर नयाँ वर्षको अवसर पारेर वैशाख १ गते सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .