ad ad

कला


पशुपति क्षेत्रमा सौगातको २ महिना

पशुपति क्षेत्रमा सौगातको २ महिना

नेपालखबर
चैत २१, २०७९ मंगलबार ११:९, काठमाडौँ

अभिनेता सौगात मल्लले भर्खर आफ्नो लामो प्रेम सम्बन्ध समाप्त गरेको बताएका छन्। करिअरमा फोकस हुन भन्दै प्रेम सम्बन्धबाट अलग भएका सौगातले पशुपति क्षेत्रमा २ महिना बिताएको अनुभव सार्वजनिक गरिरहेका छन्।

धेरैले उनले पशुपति क्षेत्रमा प्रेम वियोगमा भौतारिएको समेत भनेका छन्। तर उनले फिल्म ‘पशुपति प्रसाद २ : भस्मे डन’को पात्रको भूमिका निर्वाह गर्न पशुपति क्षेत्रमा २ महिना बिताएका हुन्। यो फिल्म यही चैत १० गतेदेखि पशुपति परिसरमा छायांकन भइरहेको छ।

फिल्ममा अनुबन्धित स्वस्तिमा खड्का र नायक विपिन कार्कीको क्यारेक्टर लुक्स सार्वजनिक गरेको फिल्म निर्माण टिमले सौगातको भने लुक्स सार्वजनिक गरेको छैन। यसैले पनि उनको भूमिकालाई अर्थपूर्ण रुपमा हेरिएको छ। 

छायांकन सुरु हुनुअघि सौगात २ महिनासम्म लगातार पशुपति धाए। उनी हरेक दिन पशुपति पुग्थे र  त्यहाँको माहोला बुझ्ने गर्थे। यो समय उनले पशुपति दर्शन गर्न आउने मानिस र त्यहाँ बस्ने साधुहरुको मनोविज्ञान बुझ्ने काम पनि गरेका थिए। 

दीपेन्द्र के खनालको निर्देशनमा छायांकन भइरहेको फिल्ममार्फत सौगातको दर्शकमाझ फरक भूमिकामा देखिने अनुमान गरिएको छ। फिल्ममा सौगात, विपिन र स्वस्तिमाका साथमा खगेन्द्र लामिछाने, वर्षा शिवाकोटीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .