गीतकार पद्मा लिंखा मगरको तेस्रो एल्बम बजारमा आएको छ।
अमेरिकामा बसेर नेपाली गीत लेखनमा सक्रिय मगरको ‘नजर ३’ एल्वम सार्वजनिक भएको हो। शुक्रबार आयोजना गरिएको विन्ध्यवासिनी म्युजिक अवार्डको अवसर पारेर सार्वजनिक गरिएको एल्बमका सबै गीतमा संगीतकार राजकुमार बगरले एकल संगीत गरेका छन्।
गीतकार पद्माले ‘नजर’ र नजर २’ नेपाली सांगीतिक क्षेत्रमा निकै लोकप्रिय भएका थिए। उनले आफ्नो अघिल्लो एल्बम ‘नजर २’ गीत संग्रह ‘इन्द्रेणी’ र गजल संग्रह ‘उज्यालोको खोजी’ बेचेर उठेको झण्डै ६ लाख रुपैया रुकुमको विकट पहाडी गाउँ झुम्लाबाङमा स्थापित झुम्लाबाङ भिलेज फाउन्डेसनलाई प्रदान गरेकी छिन्।
उनले यो रकम आफ्नो नयाँ एल्बम सार्वजनिक समारोहको अवसरमा हस्तान्तरण गरेकी हुन्।
एल्बमसँगै पद्माको एक म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ।
नजर ३ मा संग्रहित ‘अम्मली पो भएँ’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रचना रिमाल र प्रताप दासको स्वर सुन्न सकिन्छ।
निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्माले अभिनय गरेका छन्।
Shares
प्रतिक्रिया