ad ad

कला


छक्का पञ्जा ४ लगत्तै नयाँ तयारीमा दीपक-दीपा

छक्का पञ्जा ४ लगत्तै नयाँ तयारीमा दीपक-दीपा

नेपालखबर
जेठ १, २०८० सोमबार १३:२२, काठमाडौँ

नेपाली फिल्म उद्योगका जोडी कलाकार दीपकराज गिरी र दीपाश्री निरौंलाले नयाँ प्रोजेक्ट सुरु गर्ने भएका छन्।

चैतमा रिलिज भएको सिनेमा ‘छक्का पञ्जा’को सिरिज हिट भएसँगै उनीहरूले नयाँ फिल्मको तयारी सुरु गरेका हुन्। 

फिल्ममा पुरानै टिम दाहोरिने छ। केही दिनमै प्रि–प्रोडक्सनको काम सुरु हुने नयाँ फिल्म ‘छक्का पञ्जा’ श्रृंखलामा भने आधारित हुनेछैन।

फिल्मको प्रि–प्रोडक्सनको काम सुरु गर्नुअघि दीपक दीपाको टिमले पशुपतिमा पुगेर पूजाआजा गरेको छ।

आजबाट ‘छक्कापञ्जा ४’को च्याप्टर क्लोज गरेर नयाँ यात्रामा निस्किएको दीपकले बताएका छन्।

उनले भने ‘स्क्रिप्ट लेखनदेखि अन्य योजनाका काम सुरु भएको छ।’ नयाँ काम सुरु गर्नु अघि ‘छक्कापञ्जा ४’ सफलताको लागि पशुपति पुगेर ‘थ्यांक्स गिभिङ’ पूजाआज गरिएको फिल्मका निर्माता तथा अभिनेता निर्मल शर्माले बताएका छन्।

यो पूजामा दीपक, दीपा, निर्मल राज आचार्य,  केदारप्रसाद घिमिरे माग्ने बुढासहितको टोली पशुपतिमा पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .