ad ad

कला


चलचित्र विकास बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

चलचित्र विकास बोर्डले दाङमा ‘राष्ट्रिय बाल चलचित्र महोत्सव’ आयोजना गर्ने

नेपालखबर
जेठ २, २०८० मंगलबार १३:३७, काठमाडौँ

चलचित्र विकास बोर्डले प्रथम राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्ने भएको छ। आगामी असार १,२ र ३ गते दाङ जिल्लामा उक्त महोत्सवको आयोजना गर्ने जेठ २ गते बसेको बोर्ड बैठकले निर्णय गरेको प्रवक्ता केएल बुढाथोकीले बताए।

महोत्सवको संयोजकमा प्रवक्ता बुढाथोकीलाई नै तोकिएको छ। उक्त महोत्सवमा बालबालिकासँग सम्बन्धित तथा बालबालिकाले नै बनाएका लामा तथा छोटा शिक्षामुलक चलचित्रहरुको प्रदर्शनी हुनेछ। साथै, चलचित्रज्ञान सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, पुस्तक प्रदर्शनी एवम् फोटो प्रदर्शनी तथा चलचित्र नृत्य प्रतियोगिता समेत हुनेछ।

महोत्सवको दौरान ‘बालबालिकासँग भुवन केसी’ सेगमेन्ट आयोजना हुनेछ जहाँ स्थानीय झाँकी र साँस्कृतिक प्रदर्शनीसहित बोर्ड अध्यक्ष तथा अभिनेता केसीको परिचयात्मक श्रव्यदृश्य सामग्री समेत प्रदर्शन हुने प्रवक्ता बुढाथोकीले बताए।

बालबालिकाहरु माझ चलचित्रको माध्यमबाट शिक्षा र संस्कृतिलाई अगाडि बढाउने, बालबालिकाहरुलाई चलचित्रको अभ्यास गराउने, बाल चलचित्र क्लब गठन तथा सञ्चालनमा प्रोत्साहन गर्ने, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बाल चलचित्र महोत्सवहरुमा नेपालका बालबालिकाहरु तथा उनीहरुले बनाएका चलचित्र सहभागी गराउन मद्दत पुऱ्याउने, आदि उद्देश्यहरुका साथ राष्ट्रिय बाल चलचित्र महोत्सव आयोजना गर्न लागिएको बोर्डले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .