बलिउड अभिनेता शाहरुख खान केही समयअघि सम्म 'जवान'का कारण चर्चामा थिए, राजकुमार हिरानीको निर्देशनमा बन्ने 'डंकी'मा पनि उनी अनुबन्ध भएपछि उनको चर्चा दोब्बर बनेको छ।
जवानसँगै खानका फ्यान डंकीको लागि उत्तिकै प्रतिक्षा गरिरहेक छन्। किनभने डंकीका निर्देशक हिरानी ब्लकबस्टर निर्देशक हनु्।
‘जवान’को भीएफएक्सको काम अन्तिम चरणमा छ भने ‘डंकी’को छायांकन चलिरहेको छ।
छायांकनकै क्रममा रहेको ‘डंकी’को स्टार कास्ट सार्वजनिक गरिएको छ। अहिले रेडइटमा एउटा तस्बिर भाइरल भइरहेको छ। जसमा ‘डंकी’को स्टार कास्टको खुलासा गरिएको छ। तस्बिरमा शाहरुख खानबाहेक अभिनेत्री तापसी पन्नु, बोमन इरानी, सतीश शाह, दिया मिर्जा र विक्की कौशल देखिएका छन्।
यो तस्बिरमार्फत ‘डंकी’को पूरै स्टार कास्ट भएको दाबी गरिएको छ। यद्यपि, ‘डंकी’को पूर्ण स्टार कास्टका बारेमा निर्माताले आधिकारिक जानकारी गराएका छैनन्।
शाहरुखको ‘डंकी’ यो क्रिसमसको अवसर पारेर रिलिज हुँदैछ। उनका फ्यानले यो फिल्मका लागि लामो समयदेखि प्रतिक्षा गरिरहेका छन्।
शाहरुखको ‘पठान’को कुरा गर्नु पर्दा, यो फिल्म उनको करिअरकै अहिलेसम्मको सबैभन्दा ब्लकबस्टर फिल्म बनेको छ। ‘पठान’ यसै वर्षको जनवरी २५ मा रिलिज भएको थियो।
बक्स अफिसमा राम्रो कमाई गरेको यो फिल्मले बक्स अफिसका थुप्रै रेकर्ड ब्रेक गरेको थियो।
Shares
प्रतिक्रिया