अभिनेता दयाहाङ राई नयाँ फिल्ममा अनुबन्ध भएका छन्। यार्सा फिल्मसको ब्यानरमा निर्माण घोषणा भएको फिल्म ‘कार्साङ’मा दया अनुबन्ध भएका हुन्।
याम शेर्पाको लेखन तथा निर्देशनमा बन्ने फिल्मका अन्य कलाकार भने फाइनल हुनै बाँकी छ। फिल्मका अन्य कलाकारका लागि अडिसन गरिने शेर्पाले बताए।
फिल्म छायांकनका लागि छायाकार पुरुषोत्तम प्रधान अनुबन्ध भएका छन्। फिल्मको अधिकांश छायांकन बाह्रबिसे नगरपालिका–६ मा हुने छ। केहि दृश्य भने भोटेकोसीमा खिचिने निर्माण टिमले जनाएको छ।
फिल्मका अन्य कलाकार तथा प्राविधिक चाँडै फाइनल गरिने निर्देशक शेर्पाले बताए।
फिल्म सामाजिक कथामा बन्ने निर्देशक शेर्पाले बताएका छन्। शेर्पाको यो डेब्यु निर्देशकीय फिल्म हो। यसअघि उनले थुप्रै सर्ट फिल्म निर्देशन गरिसकेका छन्।
39
Shares
प्रतिक्रिया