ad ad

कला


सुनको कफिनमा सजिएका माइकल ज्याक्सन

सुनको कफिनमा सजिएका माइकल ज्याक्सन

नेपालखबर
असार १०, २०८० आइतबार १४:३०, काठमाडौँ

२००९ जुन २५ को दिन पप संगीतका पारखीका लागि नमीठो खबर बोकेर जवान भयो।

दिउँसो करिब २ बजेर २६ मिनेटपछि सबै टेलिभिजन च्यानलहरूले एकै शोक खबर बजाइरहे - किङ्ग अफ पप माइकल ज्याक्सन रहेनन्। माइकलका फ्यानहरूलाई नराम्रोसँग धक्का लाग्यो। खबरले संगीत क्षेत्रमा सन्नाटा छायो। धेरै फ्यानहरू सडकमै बेहोस भएर ढले। सिंगो लस एन्जलसको वातावरण शोकमा परिणत भयो।

१५० वर्षसम्म बाँच्न चाहने माइकल ज्याक्सन ५० वर्षकै उमेरमा सदाका लागि संसारबाट बिदा भइसकेका थिए।

मृत्युपछि अस्पतालमा माइकल ज्याक्सन

प्रोपोफोल र बेन्जोडाइजेपाइन जस्ता भारी औषधिको ओभरडोजका कारण हृदयघात भई उनको मृत्यु भएको थियो। उनी भन्थे, 'म डेढ सय वर्षभन्दा धेरै बाँच्न चाहन्छु।' जीवनप्रतिको मोहकै कारणले उनले घरमा १२ वटा निजी चिकित्सकको टोली राखेका थिए। जसले उनलाई औषधि र उचित आहार दिन्थे। उनी प्रयोगशालामा परीक्षण गरिएका खाना मात्रै खान्थे।

माइकलको मृत्युको समयमा उनीसँगै लस एन्जलसको होल्मले हिल्समा थिए डाक्टर कोनराड मुरे। निदाउन नसकेपछि माइकललाई धेरै औषधिको खुराक दिइयो, ताकि उनी छिट्टै निदाउन सकून्। केही समयपछि डाक्टरले माइकललाई कोठामा अचेत अवस्थामा देखे र तुरुन्तै सीपीआर दिए। प्रतिक्रिया नआएपछि डाक्टरले घरमा ल्यान्डलाइन र मोबाइलबाट अस्पताल र अन्य डाक्टरसँग सहायता माग्न खोजे तर सुरक्षाका कारण घरका सबै ल्यान्डलाइन बन्द भएका थिए। उनी तुरुन्तै बाहिर दौडिए। गार्डलाई ९११ मा फोन गर्न भने।

मेडिकल हेल्पलाइन नम्बर ९११ मा १२ बजेर २२ मिनेटमा फोन गरिएको थियो। त्यसको ३ मिनेटमै एम्बुलेन्ससहित चिकित्सकहरू आइपुगे। तर त्यतिन्जेल माइकलको देह त्यागिसकेका थिए। उनलाई सीपीआर दिइएको थियो, तर त्यसले काम गरेन।

तुरुन्तै रोनाल्ड रेगन यूसीएलए मेडिकल सेन्टरमा लगियो। करिब दुई घण्टा उनलाई बचाउने विविध प्रयास भए। तर दिउँसो २ः२६ बजे उनलाई चिकित्सकले मृत घोषणा गरे।

माइकल ज्याक्सनको मृत्युको शोकमा १३ जनाले आत्महत्या गरे। उनको मृत्युको भोलिपल्ट अस्ट्रेलियामा रहेको आत्महत्या रोकथाम हटलाइनमा ५० वटा कल आएका थिए। उनीहरु यति विक्षिप्त भएका थिए कि उनीहरूले आत्महत्या गर्न खोजेका थिए। 

अन्त्येष्टिमा ८ करोड खर्च
शंकास्पद परिस्थितिमा मृत्युको वास्तविक कारण पत्ता लगाउन प्रहरी र चिकित्सकलाई महिनौँ लाग्यो। माइकलको मस्तिष्क हटाइयो र पोस्टमार्टमको लागि जाँच गरियो। परिवारका सदस्यहरु अन्तिम संस्कार गर्न चाहन्थे, तर २ महिनासम्म पनि नतिजा आएको थिएन।

यस्तो अवस्थामा परिवारका सदस्य माइकलको शव, बिना मस्तिष्क गाडेर अन्तिम संस्कार गर्न चाहन्थे। तर शुभेच्छुकको चाहनमा परिवारका सदस्यहरू पनि पर्खन राजी भए।

३ सेप्टेम्बर २००९ मा उनको अन्त्येष्टि गरियो। उनको मृत्युको ३९ दिनपछि भएको अन्त्येष्टिमा २०० सय जना उपस्थित थिए। अन्त्येष्टिमा ८ करोड रुपैयाँ खर्च भएको थियो।

माइकलको शव सुनको कफिनमा राखिएको थियो र कंक्रिटमा गाडिएको थियो। उनलाई मेकअप आर्टिस्टले त्यसरी नै तयार पारेका थिए, जसरी उनी प्रस्तुति अघि तयार हुन्थे। माइकलको शवको स्थान खुलाइएमा उनका प्रियजनहरूले चिहान खनेर शव चोर्न सक्छन् भन्ने डर माइकलका परिवारलाई थियो।

जकारणले उनको शवलाई रहस्यमय ढंगले गाड्ने निर्णय गरियो। उनको शव फरेस्ट लनको ग्रेट माइसेलियममा गाडियो, जहाँ क्लार्क गुबल, वाल्ट डिज्नी जस्ता हलिउड सेलिब्रेटीहरूका शव गाडिएका छन्।

७ जुलाई २००९ मा लस एन्जलसको स्टेपल्स सेन्टरमा माइकल ज्याक्सनको लागि एउटा स्मारक बनाइएको थियो। यसको उद्घाटनमा सहभागी हुनका लागि टिकट किन्न १६ लाख मानिसले आवेदन दिएका थिए। यसको स्ट्रिमिङ अमेरिकामा ३५ मिलियन मानिसहरूले हेरेका थिए भने संसारभर ३ सय मिलियन मानिसहरूले देखेका थिए। यो इतिहासमा अहिलेसम्मकै सबैभन्दा धेरै हेरिएको घटना हो।

फोर्ब्सका अनुसार माइकलले आफ्नो मृत्युपछि १७ हजार ११० करोड रुपैयाँ कमाए। सन् २०१९ को सूची अनुसार, माइकल मृत्युको १० वर्ष पछि पनि सबैभन्दा धेरै कमाउने गायक थिए। जबकि दोस्रो नम्बरमा चर्चित गायक एल्विस प्रेस्ली थिए । सन् २०१८ सम्म माइकलको नामले २८.४० बिलियन कमाएको थियो। 

२ कोठाको घरमा बस्थ्यो परिवार
माइकल ज्याक्सनको जन्म अगस्ट २९, १९५८ मा ग्यारी, इन्डियानामा भएको थियो। उनी आफ्ना आमाबाबुको ८ औँ सन्तान थिए। उनको सम्पूर्ण परिवार ज्याक्सन स्ट्रिटमा २ कोठाको घरमा बस्थे। बुबा जोसेफ वाल्टर (जो ज्याक्सन) एक पूर्व बक्सर थिए जसले गिटार बजाउथे। उनकी आमा क्याथरिन पनि पियानो कलाकार थिइन्। 

बचपनमा माइकल

घरको आर्थिक अवस्था राम्रो नभएकाले माइकलका बुवाले सन् १९६४ मा ज्याक्सन ब्रदर नामको ब्याण्ड बनाए, जसमा सबै दाजुभाइले सडक प्रदर्शन गरेर पैसा कमाउने गर्थे। माइकलका बुबाले उनलाई खासै मन पराउँदैनथे। उनी अक्सर माइकलको नाक र अनुहारको फिचरको मजाक उडाउथे। बुबाले प्रदर्शन बिग्रिएपछि उनलाई बेल्टले नराम्ररी पिट्ने गर्थे, एक अन्तर्वार्तामा माइकलले बताएका थिए।

बुबाको मनोवृत्तिले माइकलको मन नराम्रोसँग प्रभावित भयो।

सन् १९६५ मा, जब ज्याक्सन ७ वर्ष पुगे, उनको समूहको नाम ‘ज्याक्सन ६’ राखियो र उनले यसको नेतृत्व गर्न थाले। आफ्ना गीतहरू लन्च गर्न थाले, र उनीहरूले अमेरिकामा पहिचान पाउन थाले। सन् १९७७ मा माइकलको टिम फुट्यो। त्यसपछि फिल्ममा काम गर्न थालेका माइकल न्युयोर्क सरे।

उनको पहिलो फिल्म ‘द विज’ थियो। फिल्म फ्लप भयो तर त्यसका गीतमार्फत् माइकलको संगीतको परिक्षण भयो। निर्देशक क्विन्सी जोन्सले माइकलको प्रतिभा परीक्षण गरे। क्विन्सीले माइकलसँग ३ एल्बम लन्च गरे। जसबाट उनले राम्रो प्रतिक्रिया पाए। 

भाँचिएको नाकले करियरमा ब्रेक
सन् १९७८ मा नाँच्ने क्रममा माइकलको नाक भाँचिएको थियो। उनले राइनोप्लास्टी गराए तर त्यसपछि उनलाई सास फेर्न समस्या हुन थाल्यो। जसका कारण उनले लामो समय गायनमा ब्रेक लगाउनु पर्‍यो। नाक भाँचिएकै कारण माइकलले करिअर सुरु हुनुअघि नै ब्रेक लिनु पर्‍यो। उनले १ वर्षको ब्रेक पछि, माइकलले गायनमा पुनरागमन गरे। त्यसपछि उनले थुप्रै हिट गीत दिए। 

सन् १९८२ मा माइकलको छैटौँ म्युजिकल एल्बम ‘थ्रिलर’ रिलिज भयो। जुन संसारमा सबैभन्दा धेरै बिक्री भएको एल्बमको रेकर्ड राख्न सफल भयो। यो एल्बम ७० मिलियन प्रति बिक्री भएको रेकर्ड छ। माइकल विश्वकै सबैभन्दा धेरै रोयल्टी लिने गायक बने। यो एल्बमले ग्रामी पुरस्कार प्राप्त गर्‍यो। 

कन्सर्टमा माइकल ज्याक्सन

बुढ्यौली रोक्न अक्सिजन बेड 
सन् १९८६ मा हाइपरबारिक अक्सिजन च्याम्बरमा सुतिरहेको माइकलको फोटो बाहिरियो। वास्तवमा माइकल आफ्नो उमेर रोक्न अक्सिजन च्याम्बरमा सुत्ने गर्थे । यति मात्रै होइन माइकलले आफ्नो आवाजलाई उच्च राख्न महिला हार्मोनल इन्जेक्सनहरू लिने गर्थे। यसको अर्को कारण पनि थियो कि उनी महिलाहरुको जस्तै छाला र कम अनुहारको कपाल चाहन्थे। उनको आँखाको शल्यक्रिया गरिएको थियो। उनी केटीका जस्तै लुगा लगाउन मन पराउथे।

युवतीको पहिरन र मेकअपमा माइकल

माइकल ज्याक्सन सफल भएपछि, उनले बबल नामक चिम्पान्जीलाई अपनाए। हरेक यात्रामा बबललाई साथमा राख्थे। माइकलले सन् १९८७ मा जापानको ओसाकाका मेयरलाई भेट्न पनि बबललाई साथमा लिएर गएका थिए।

जब बबल बूढो हुन थाल्यो, ऊ आक्रामक भयो र माइकलले नचाहँदा पनि उसलाई पशु अनुसन्धान केन्द्रमा हस्तान्तरण गर्नुपर्‍यो। 

माइकल मानिसको हड्डी किन्न चाहन्थे
शिकागो ट्रिब्युनलका अनुसार, सन् १९८७ मा माइकल जोसेफ मेरिकको कंकाल किन्न चाहन्थे, जसको मृत्यु १८९० मा भएको थियो। यसका लागि उनका प्रचारकले ८ करोडको बोली लगाएका थिए। वास्तवमा जोसेफ मेरिकलाई एउटा अनौठो रोग थियो, जसका कारण उनलाई एलिफ्यान्ट म्यान भनिन्थ्यो।

माइकल उनको कंकाल किन्न र यसमा अनुसन्धान गर्न चाहन्थे, किनभने उनी विज्ञानमा धेरै चासो राख्थे।

सन् १९८८ मा माइकलले क्यालिफोर्नियामा २७०० एकडमा नयाँ घर बनाए। उनले घरको नाम ‘नेभरल्याण्ड’ राखें। उक्त घरको लागत १७ मिलियन डलर अर्थात १३९ करोड रुपैयाँ थियो। घरमा एउटा ठुलो पाङ्ग्रा, बालबालिकाको स्विङ क्यारोसेल, चलचित्र थिएटर र चिडियाखाना थियो। उनले यस घरका लागि मात्र ४० जना गस्ती कर्मचारी राखेका थिए ।

यौन दुर्व्यवहारको आरोप
अगस्त १९९३ मा १३ वर्षीया जोर्डन चन्डलरले माइकललाई बाल यौन दुर्व्यवहार आरोप लगाइन्।

मुद्दाको क्रममा, जोर्डन र उनका बुबा इभान्सले माइकलका केही व्यक्तिगत विवरणहरू पनि साझा गरेका थिए, जुन उनीहरूले उत्पीडनको क्रममा थाहा पाएका थिए। केही महिनापछि, प्रमाणको अभावमा मुद्दा सुस्त भयो र यस बीचमा माइकल अदालतबाट बाहिर बसे। यो घटना साम्य पार्न उनले जोर्डनलाई १८८ करोड रुपैयाँ दिएका थिए।

लागूऔषधको लत 
पेप्सीको विज्ञापनमा भएको दुर्घटनापछि माइकलले टाउकोको शल्यक्रिया गर्नुपर्‍यो। शल्यक्रिया पछि माइकल दुखाइ कम गर्ने औषधि सेवन गर्न थाले। बाल दुर्व्यवहारका कारण छवि बिग्रिएपछि उनी लागूऔषधको दुर्व्यसनी भए। यसले उनको स्वास्थ्यलाई यसरी असर गर्‍योे कि १२ नोभेम्बर १९९३ मा उनले आफ्ना सबै कन्सर्टहरू रद्द गरे।

डकुमेन्ट्री ‘हु रियल किल्ड माइकल ज्याक्सन’ले माइकलले ड्रग्स किन्नका लागि १९ वटा नक्कली आईडी कार्ड बनाएको दाबी गरेको थियो।

उनीसँग व्यक्तिगत डाक्टरहरूको टोली थियो, जसले उनलाई सबै प्रकारका औषधिहरूको प्रेप्किप्सन दिन्थे। माइकलका छालाका डाक्टरले एउटा डायरी राख्थे, जसमा कुन आइडीबाट कुन औषधि लिइन्छ भन्ने कुरा उल्लेख गरिएको थियो। 

विवादको बीचमा विवाह 
माइकलको बिग्रँदै गएको स्वास्थ्य र कलंकित छविको बीचमा, प्रसिद्ध गायक एल्विस प्रेस्लीकी छोरी लिसाले माइकललाई विवाह प्रस्ताव गरिन्। दुवैले १९९४ मा विवाह गरे। धेरैले माइकलले बाल दुर्व्यवहारको मुद्दाबाट ध्यान हटाउन विवाह गरेको बताएका थिए।

उनीहरुको विवाह १९ महिनामै टुट्यो। सम्बन्ध विच्छेदपछि, माइकलले हिस्टोरी एल्बम सुरु गरे। जसले उनको अघिल्लो रेकर्ड पनि तोड्यो। उक्त एल्बम २ करोड प्रति बिक्री भएको थियो।

डाक्टरकी सहायकसँग दोस्रो बिहे
सिड्नी भ्रमणको क्रममा, माइकल ज्याक्सनले आफ्नो छालाको डाक्टर क्लेनको सहायक डेबी रोवेसँग दोस्रो विवाह गरे। डेबी विवाहअघि ६ महिनाकी गर्भवती थिइन्। १३ फेब्रुअरी १९९७ मा माइकलको पहिलो छोरा प्रिन्स माइकलको जन्म भयो।

डेबीले सन् १९९८ मा छोरी पेरिसलाई जन्म दिएकी थिइन्। सन् २०० मा यो दम्पतीको सम्बन्धविच्छेद भयो। माइकललाई सन् २००५ मा फेरि बाल दुर्व्यवहारको आरोप लाग्यो।

सन् १९९४ मा माइकलको घरमा छापा मार्दा, पुलिसले कपडा बिना धेरै बच्चाहरूको तस्बिर भएको किताब फेला पारेको थियो। प्रहरीले किताबका बारेमा प्रश्न गर्दा यो किताब कसैले पठाएको र आफूले कहिल्यै खोलेर नहेरेको बताएका थिए। माइकलको मृत्युपछि उनको मेडले माइकलले बच्चाहरूलाई बिना कपडा घरमा राख्ने गरेको बताएका थिए। 

मृत्युका बेला ३ हजार करोड ऋण 
कुनै समय माइकलले हरेक हप्ता ९७ करोड कमाउने गर्थे। तर जब उनको मृत्यु भयो तब उनी ३ हजार करोडको ऋणमा थिए। उनको मृत्युपछि पनि, उनी धेरै वर्षसम्म सबैभन्दा धेरै कमाउने गायक थिए। माइकल ज्याक्सनले आफ्नो जीवनमा ४ हजार करोड रुपैयाँ दान गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .