ad ad

समाज


बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुँदै, मौसम महाशाखाले जारी गर्‍यो ‘अलर्ट’

बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुँदै, मौसम महाशाखाले जारी गर्‍यो ‘अलर्ट’

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असोज १५, २०८१ मंगलबार २१:२७, काठमाडौँ

बुधबारदेखि फेरि पानी पार्ने प्रणाली सक्रिय हुने भएकाले दुई दिन सकर्तकता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।  

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। साथै भारतको उत्तरपूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली बिस्तारै उत्तर पश्चिमतिर सर्ने क्रममा रहेकाले असोज १६ दिउँसोदेखि १७ गते रातिसम्मका लागि उक्त प्रणालीको प्रभाव रहने देखिन्छ।  

सो प्रणालीका कारण असोज १६ (बुधबार) दिउँसो कोसी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

बुधबार राति कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।

यस्तै असोज १७ (बिहीबार) दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बामती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

महाशाखाले अगाडि भनेको छ : कोसी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। साथै कोसी र बागमती प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .