ad ad

कला


पाकिस्तानी यी अभिनेत्रीले शाहरुख खानको अभिनय क्षमतामा प्रश्न उठाएपछि...

पाकिस्तानी यी अभिनेत्रीले शाहरुख खानको अभिनय क्षमतामा प्रश्न उठाएपछि...

शाहरुख खान र पाकिस्तानी अभिनेत्री महनूर बलोच


नेपालखबर
असार २३, २०८० शनिबार १५:२६, काठमाडौँ

पाकिस्तानी अभिनेत्री महनूर बलोचले बलिउड अभिनेता शाहरुखविरुद्ध गरेको टिप्पणीले सामाजिक सञ्जालमा बहस भइरहेको छ।

महनूर बलोचले भनेकी छन्– शाहरुख खान न त सुन्दर छन् न त उनलाई अभिनय नै गर्न आउँछ। 

महनूर बलोचले साम टिभी च्यानलको टक शो ‘हुद कर दी’ मा कुराकानी गर्दै यस्तो टिप्पणी गरेकी हुन्।

बलोच पाकिस्तानी फिल्म र सिरियलहरूमा काम गर्छिन्।

उक्त शोमा महनूर बलोचले शाहरुख खान एक ठूला व्यापारी भएको उल्लेख गर्दै उनी आफ्नो मार्केटिङ गर्न सिपालु भएको टिप्पणी गरिन्। 
महनूर बलोचले भनिन्, ‘मलाई लाग्छ– शाहरुख खान एक ठूला व्यवसायी हुन्, उनी आफ्नो मार्केटिङ कसरी गर्ने भन्ने जान्दछन्। उहाँका धेरै फ्यान छन्, जसलाई मेरो विचार गलत लाग्नसक्छ। तर मेरो विचार यही हो।’

५३ वर्षीय महनूर बलोचले शाहरुख खानको अभिनय क्षमतामा पनि प्रश्न उठाएकी छन्।

बलोचले भनिन्, ‘शाहरुख खानसँग धेरै राम्रो व्यक्तित्व छ, उहाँ एकदमै राम्रो व्यवसायी हुनुहुन्छ, उहाँलाई आफूलाई कसरी मार्केटिङ गर्ने भनेर थाहा छ। त्यहाँ अन्य धेरै कलाकार छन्, जसले धेरै राम्रो अभिनय गर्छन्, तर उनीहरू उहाँजत्तिकै सफल छैनन्।’

सामाजिक सञ्जालमा बलोचको आलोचना
तर, महनूर बलोचको यो बयानपछि शाहरुख खानका फ्यानले सामाजिक सञ्जालमा उनको आलोचना गर्न थालेका छन्।

समाचार एजेन्सी पीटीआईको रिपोर्टअनुसार, एक प्रयोगकर्ताले लेखेका छन्, ‘प्लास्टिकका डब्बा महनूरले शाहरुखको कमेन्ट गर्ने!’

अर्को प्रयोगकर्ताले लेखेका छन्, ‘उनी कस्तो बकवासको कुरा गरिरहेकी छन्,  शाहरुख खान एक महान् अभिनेता हुन्।’

अर्का फ्यानले महनूर शाहरुख खान कमेन्ट गरेर लोकप्रिय हुन चाहिन्छन् भनेर लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .