गायक प्रकाश सपुतको ‘फूलमाया’ गीतबाट चर्चामा आएकी मोडल कुसुम शर्माले निकै निराश हुँदै आफ्नो पोसाकका विषयमा समाचार नबनाउन आग्रह गरेकी छन्।
आफ्ना पोसाकका विषयमा टिप्पणी गरेर बनाइएका समाचारले उनी निकै पीडित देखिएकी छन्।
आफूले छोटा कपडा लगाएका तस्बिरसहित उनले सामाजिक सञ्जालमा आफूलाई मर्न मन लागेकोसम्म कुरा लेखेकी छन्।
‘कहिलेकाहीँ मलाई यस्तो महसुस हुन्छ कि म मर्न चाहन्छु। आत्महत्या होइन, खालि मर्न चाहन्छु। मलाई थाहा छैन किन यस्तो भावना आइरहन्छ कि म पहिल्यै मरिसकेकी छु’, आग्रह गर्दै उनले लेखेकी छन्, ‘प्लिज, प्लिज मेरो ड्रेसको बारेमा समाचार बनाउन बन्द गर्नुहोला। नवागन्तुक मसँग सहन सक्ने क्षमता छैन।’
273
Shares
प्रतिक्रिया