अभिनेत्री पूजा शर्माको शीर्ष भूमिका रहने फिल्म ‘दान्भी’ फ्लोरमा गएको छ।
फिल्मको क्लाइमेक्स सिन खिच्दै छायांकन सुरु गरिएको हो।
काठमाडौंको नैकापमा तयार पारिएको सेटमा चलचित्रको क्लाइमेक्सको छायांकन सुरुवात भएको निर्माण टिमले जनाएको छ।
फिल्मको एउटा गीत र केही दृश्यको छायांकनपश्चात् केही समय काम रोकिएको सुटिङको सुरुवातसँगै पूजाले एक्सन दृश्य दिइरहेकी छन्।
फिल्मको क्लाइमेक्स छायांकनपछि टिम बाँकी छायांकनका लागि दार्जिलिङ जाने तयारीमा छ।
फिल्ममा कुन्साङ बोमजन नायक छन्। उनको यो डेब्यु फिल्म हो। फिल्म रुपेश तामाङले निर्देशन गरिरहेका छन्।
30
Shares
प्रतिक्रिया