ad ad

कला


ऐंचो पैंचो प्रिमियर : वर्षा र स्वस्तिमालाई प्रशंसाको बाढी

ऐंचो पैंचो प्रिमियर : वर्षा र स्वस्तिमालाई प्रशंसाको बाढी

नेपालखबर
भदौ १४, २०८० बिहिबार १२:३६, काठमाडौँ

कृषा चौलागाईको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘ऐंचो पैंचो’को रिलिज पूर्वसन्ध्यामा भव्य प्रिमियर शोको आयोजना गरियो। बुधबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा सबैभन्दा बढी प्रशंसा वर्षा राउत र स्वस्तिमा खड्काले कमाएका छन्।

प्रिमियरमा सिनेमाकर्मीहरुका साथै नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस नेता प्रदीप पौडेल, एमाले नेता महेश बस्नेतलगायतको उपस्थिति थियो। प्रिमियरमा प्राप्त सकारात्मक प्रतिक्रियाले निर्देशक कृषा चौलागाई खुसी देखिएकी छन्। दर्शकले पनि सिनेमा रुचाउनेमा उनी विश्वस्त देखिइन्।

सिनेमाकी अभिनेत्री राउतले गम्भीर भूमिकामा मनछुने अभिनय गरेको भन्दै प्रिमियरमा उपस्थित पाहुना उनको प्रशंसामा शब्द खर्चिए। अभिनेता सुशील सिटौलाको अभिनयको पनि तारिफ भएको थियो। साथै अभिनेत्री स्वस्तिमा खड्काले सिनेमामा निर्वाह गरेको चुलबुले केटीको भूमिकालाई पनि अधिकांशले रुचाएका छन्।

निर्देशक शोभित बस्नेतले ‘ऐंचो पैंचो’को कथावस्तुले नेतालाई दुखी र आफ्नो पीडा देखाएकोमा कार्यकर्तालाई खुसी बनाउने बताएका छन्। सबै राजनीतिकर्मीले सिनेमा हेर्नेपर्ने उनी बताउँछन्। उनका छोरा तथा अभिनेता सलोन बस्नेतले पनि सिनेमा राम्रो बनेको बताए।

त्यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले सिनेमा राम्रो रहेको बताउँदै राजनीतिले समाजमा पारेको प्रभावलाई सशक्त ढंगले प्रस्तुत गरिएको बताइन्। निर्देशक एभरेष्ट सूर्य बोहोराले सिनेमा मनोरञ्जनात्मक रहेको बताउँदै अहिलेकै माहोललाई चित्रण गरिएको बताए। अभिनेता संजोग कोइरालाले सिनेमा समसामयिक रहेको र हेरुन्जेल मज्जा आएको प्रतिक्रिया दिए।

पूर्वमन्त्री प्रेम आलेले सिनेमा असाध्धै राम्रो बनेको भन्दै प्रशंसा गरे। राजनीतिकर्मीहरुले आफूलाई सच्चाउनुपर्ने सन्देश सिनेमाले दिएको उनको बुझाई छ। सांसद् शोभिता गौतमले सिनेमाले समाजको राम्रो ऐना प्रस्तुत गरेको तर्क गरिन्। अर्का सांसद् ज्ञानेन्द्र शाहीले सिनेमाले अहिलेको नेपालको यथार्थ पक्ष देखाएको बताएका छन्। सिनेमामा कुनै बनावटी नभएको र राजनीतिज्ञकै कथा देखाएको उनको बुझाई छ।

फिल्ममा स्वस्तिमा खड्का, वर्षा राउत, मुकुन भुषाल, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी आदिको अभिनय छ। फिल्ममा अभिमन्यू निरवीको लेखन र पुरुषोतम प्रधानको छायांकन रहेको छ। ‘काले केटाले’ गीतका कारण चर्चामा रहेको ‘ऐंचो पैंचो’ले राजनीतिलाई मियो बनाएर कथावाचन गरेको छ।

पूर्वी नेपालमा रमणीय स्थानमा खिचिएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, वर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमाको एक गीतमा एलेक्स विक पारस विशेष भुमिका देखिएका छन्।

केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा प्रितम लामिछाने र आध्या लामिछाने निर्माता र विशाल चौलागाई सह(निर्माताको रुपमा रहेका छन्। सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी (प्रनव) प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .