नामकै कारण विवादमा परेपछि फिल्म ‘एक भगवत र एक गीता’ टिमले निक्कै सास्ती बेहोर्नु पर्यो। अन्ततः फिल्मले सेन्सर पार गरेको छ।
फिल्मले यूनिभर्सल सर्टिफिकेट पाएको छ। योसँगै अब यो फिल्म सबै वर्गका दर्शकले हेर्न पाउनेछन्।
फिल्मका निर्माता सुनिल कुमार थापाले कुनै पनि दृश्य नकाँटी सेन्सरले फिल्मलाई यूनिभर्सल सर्टिफिकेट दिएका थिए।
केही धार्मिक संगठनले फिल्मको नाममा आपत्ती जनाउँदै विरोध गरेपछि आइतबार चलचित्र विकास बोर्डमा नाम परिवर्तन गर्ने सहमती भएको थियो।
धार्मिक संगठनको बिरोधका कारण फिल्मलाई सेन्सर सिफारिश दिन विकास बोर्डले आनकानी गरेको थियो।
तेश्रो लिङ्गीको कथा उठान गरेको यो फिल्मलाई झरना थापाले निर्देशन गरेकी हुन्। फिल्ममा विपिन कार्की, सुहाना थापा, धिरज मगर लगायतका कलाकारको अभिनय छ।
यो फिल्म भदौको २९ गतेबाट रिलिज हुँदैछ।
33
Shares
प्रतिक्रिया