भारतका चर्चित गायक रितो रिबा यही असोज २८ गते पोखरा आउने भएका छन्।
लेकसाइड स्थित क्याटवाकमा लाइभ कन्सर्टको प्रस्तुति दिन उनलाई प्रतिक इभेन्ट र टौवा क्रियशनले ल्याउन लागेको हो। रिबाले राति साढे ११ बजे प्रस्तुति दिनेछन्।
लाइभ कन्सर्टमा प्रवेशका लागि एक हजार रुपैयाँ शुल्क लाग्ने संयोजक प्रतिक सुनारले जानकारी दिए।
रितो रिबा १३ औं संस्करणको इन्डियन आइडलमा उत्कृष्ट १५ बाट बाहिरिएका थिए। रिबा युवा पुस्तामा निकै लोकप्रिय गायकका रुपमा चिनिन्छन्।
90
Shares
प्रतिक्रिया