पछिल्लो पुस्ताका ३ अभिनेता अनमोल केसी, सलोन बस्नेत र सलिनमान बनियाँ मिल्ने साथी हुन्। सलोनको विवाहमा एकसाथ देखिएका यी अभिनेता त्यसयता सँगै देखिएका थिएनन्।
फिल्म उद्योगमा व्यस्त उनीहरु बेलाबेला भेटघाट गरिरहन्छन्। तर, सबै भेट सार्वजनिक गर्दैनन्।
अनमोल ‘फर्की फर्की’मा व्यस्त हुने समय भइरहेको छ। सलोन तिहारपछि फिल्ममा व्यस्त हुन्छन्।
सलिनको हातमा भने यतिबेला फिल्म छैन।
अनमोल र सलोन व्यस्त हुनुअघि तन्नेरी पुस्तामा रुचाइएका यी अभिनेताबीच गोदावरीमा भेट भएको छ।
गोदावरी घुमघामपछि उनीहरुले संयुक्त फोटो खिचाए, जसलाई सलोनले सामाजिक सञ्जालमा सेयर गरेका छन्।
फोटोका साथमा सलोनले ‘कुकिङ’ भनेर तीनवटा तारा उल्लेख गरेका छन्।
सलोनको संकेत हेर्दा तीन जनाबीच कुनै योजना बनिरहेको देखिन्छ।
87
Shares
प्रतिक्रिया