ad ad

कला


‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडिओपसल एपमा रिलिज

‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ भिडिओपसल एपमा रिलिज

नेपालखबर
कात्तिक ३, २०८० शुक्रबार १८:९, काठमाडौँ

दुई चलचित्र ‘छक्का पन्जा ४’ र ‘झिङ्गेदाउ’ नेपाली ओटीटी प्ल्याटफर्म ‘भिडिओपसल’मा रिलिज भएको छ। नेपालीहरूको महान् चाड दसैँको अवसर पारेर चलचित्र रिलिज गरिएको हो। उक्त दुई चलचित्र अहिलेको लागि नेपाल बाहिरबाट मात्र हेर्ने व्यवस्था गरिएको छ।

दसैँको माहौल पनि रहेको साथै विदेशमा रहने दर्शकहरूबाट ‘छक्का पन्जा ४ र झिङ्गेदाउको माग निकै उच्च रहेकोले चलचित्र रिलिजलाई लिएर निकै नै उत्साहित रहेको भिडिओपसलका संस्थापक निश्चल पाण्डे बताउछ्न्।

सबै स्मार्ट डिभाइसमा भिडिओपसल एप डाउनलोड गरी चलचित्र हेर्न सकिन्छ। भिडिओ पसलमा २.९९ डलरदेखि ५.९९ डलरसम्म विभिन्न प्याकेज लिई द्धप गुणस्तरमा पनि चलचित्र हेर्न सकिन्छ। उपलब्ध चलचित्रहरू विदेशबाट एप्पल पे, गुगल पे, पेपल, डेबिट–क्रेडिट कार्डबाट पैसा तिरेर हेर्ने व्यवस्था गरिएको छ।  

यता कलाकार तथा निर्माता समेत रहेका दिपकराज गिरी र दिपाश्री निरौला पनि चलचित्र छक्का पन्जा ४ हेर्न दर्शक निकै नै आतुर रहेको बताउछ्न्। हरेक दिन जसो चलचित्रको डिजिटल रिलिजबारे प्रश्न आउने हुँदा अब भने दर्शकले घरमा नै परिवारसँग बसेर चलचित्रको मज्जा लिन सक्ने हुँदा खुसी व्यक्त गर्दछन्।

हेमराज विसीले निर्देशन गरेको फिल्म ‘छक्का पन्जा ४’ मा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ।

पारिवारिक कथावस्तुमा निर्माण भएको ‘झिङ्गेदाउ’ मा भने अभिनेत्री केकी अधिकारी, आँचल शर्मा, अभिनेता कुशल विष्ट, मुकुन भुसालको मुख्य भूमिका रहेको छ। चलचित्रलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्।

२०१७ देखि सञ्चालनमा रहेको ‘भिडियोपसल’मा यस अघि नै कबड्डी ३, जात्रै जात्रा, प्रसाद, साइँली लगायतका चलचित्रहरू रिलिज भई सकेका छन्। एपमा चलचित्र सँगै अन्य सर्ट फिल्महरू पनि उपलब्ध छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .