विक्की कौशलको मुख्य भूमिका रहेको बलिउड फिल्म ‘सामबहादुर’ मंसिर १५ गतेबाट रिलिज हुँदैछ। यतिखेर, विक्की कौशल नेपाली देशभक्ति गीत ‘यो नेपाली शिर उचाली’ मा नृत्य गरेको भिडिओका कारण चर्चामा छन्।
विक्कीले ‘सामबहादुर’को गीत छायाङ्कनको क्रममा उक्त नृत्य गरेका हुन्। लखनउमा भएको सुटिङमा उनले गोर्खा रेजिमेन्टका भारतीय जवानहरूसँग नाचेका हुन्। विक्कीले खुकुरी समातेर नृत्य गरेको भिडिओमा देख्न सकिन्छ। जुन भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
विक्कीले नेपाली गीतमा नृत्य गरिरहेको भिडिओ इन्स्टाग्राममा सेयर गर्दै लेखेका छन्, ‘जय मा काली, आयो गोर्खाली’। भारतीय सेनाको गोर्खा रेजिमेन्टका कार्यक्रमहरूमा बजाइने यो गीत विक्कीको फिल्म ‘सामबहादुर’मा समावेश छ।
यो फिल्म भारतीय सेना तथा आठौँ गोर्खा रेजिमेन्टका पूर्वप्रमुख साम मानेक्साको जीवनीमा आधारित छ। फिल्मको कथावस्तु सन् १९७१ को भारत-पाकिस्तान युद्धसँग सम्बन्धित छ। जतिखेर साम भारतीय सेना प्रमुख थिए।
Shares
प्रतिक्रिया