तपाईंलाई थाहा छ– बलिउडका बादशाह भनिने शाहरुख खानको पहिलो कमाइ मात्र ५० रुपैयाँ थियो!
वास्तवमा पीटीआईसँगको पुरानो अन्तर्वार्तामा शाहरुख खानले आफ्नो करियरको सुरुवाती चरणको बारेमा एउटा रोचक कुरा सुनाएका छन्।
जसमा उनले आफ्नो सुरुको तलब ५० रुपैयाँ मात्रै रहेको खुलासा गरेका छन्।
उनले गायक पंकज उदासको सांगीतिक कार्यक्रममा प्रबन्धकका रुपमा काम गरेको र त्यसबापत ५० रुपैयाँ पारिश्रमिक पाएको बताएका छन्।
आफ्नो पहिलो कमाइसँगै आफू आगराको ताजमहल हेर्न गएको उनले उल्लेख गरेका छन्।
120
Shares
प्रतिक्रिया