ad ad

कला


‘कंगारु’मा जोडिए केदार घिमिरे

‘कंगारु’मा जोडिए केदार घिमिरे

नेपालखबर
मंसिर १९, २०८० मंगलबार १२:४२, काठमाडौँ

सम्राट बस्नेतको निर्देशनमा बन्ने फिल्म ‘कंगारु’ मा कलाकार केदार घिमिरे ‘माग्ने बूढा’ अनुबन्ध भएका छन्। कलाकार घिमिरे र निर्माणपक्षबीच सोमबार सम्झौता भएको हो।

कलाकार घिमिरेले ‘छक्का पन्जा’ टिमभन्दा बाहिरको ब्यानरमा दोस्रोपटक काम गर्न लागेका हुन्। यसअघि उनले फिल्म ‘रामकहानी’मा काम गरेका थिए। 

केदारले आफू नयाँ फिल्ममा काम गर्न निकै उत्साहित रहेको बताए।

भन्छन्, ‘केही फरक कथा भन्न मन लागेको छ। कंगारुका लागि हामीले स्क्रिप्टमा मात्र २ वर्ष समय लगाएका छौँ। दर्शकले यसपटक फरक स्वादमा फिल्म हेर्न पाउनुहुनेछ।’

राजिव गुरुङ ‘दीपक मनाङ्गे’को प्रस्तुतिमा तयार हुने फिल्म सस्पेन्स, थ्रीलर र कमेडी जनरामा बन्न लागेको हो।

फिल्ममा प्रेम थापा, धन बहादुर गुरुङ र लक्ष्मी राई निर्माता छन्। फिल्ममा सीमा गुरुङको कथा, महेश दवाडीको पटकथा छ।

फुलमुन मोसन पिक्चर्स र उत्तरगया म्युजिक एन्ड फिल्मसँग आस्याप इन्टरटेन्मेन्टको सहकार्यमा यो फिल्म निर्माण हुन लागेको हो।

यसअघि बस्नेतको निर्देशनमा फिल्म ‘लाखे’ बनेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .