कालिकास्थानस्थित सर्वनाम थिएटरमा नाटक ‘कुमारजी आज्ञा गर्नुहुन्छ’ मञ्चन हुने भएको छ। सर्वनामको १९औँ ब्याचको प्रस्तुति रहेको यो नाटक पुस ८ गतेदेखि मञ्चन हुँदै छ।
पुराना नाटककार अशेष मल्लको लेखेको नाटक रसिक राज र शीतल थोकरले परिकल्पना र निर्देशन गर्नेछन्। त्यस्तै नाटकमा मनोज भण्डारी, सुरज, शीतल र रसिकको गीत छन्। जुन गीतमा निर्मला घिसिङले स्वर भर्नेछिन्।
बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुने नाटक पुस १५ सम्म चल्नेछ।
शनिबार दिउँसो १ बजेका लागि अत्तिरिक्त शोसमेत राखिएको छ। नर्मल टिकट ३०० रुपैयाँ र विद्यार्थीले २५० रुपैयाँ तिरेर नाटक हेर्न पाउनेछन्।
66
Shares
प्रतिक्रिया