ad ad

कला


आमिर खानकी छोरीको बिहे : आज राति पार्टी

आमिर खानकी छोरीको बिहे : आज राति पार्टी

नेपालखबर
पुस २३, २०८० सोमबार २१:३४, काठमाडौँ

आमिर खानकी छोरी आयरा र फिटनेस एक्सपर्ट नुपुर शिखरेको विवाह कार्यक्रमअन्तर्गत सोमबार राति पायजामा पार्टी आयोजना गरिएको छ।

पार्टीमा उनीहरूका साथीहरूले नाइट सुट लगाएर सेलिब्रेट गर्नेछन्। त्यसपछि जनवरी ९ (मंगलबार) साँझ ७ बजे संगीत कार्यक्रम हुनेछ, जसमा आमिर खान र उनको परिवारका सदस्यहरूले गीत र नृत्य प्रस्तुत गर्नेछन्।

जनवरी १० (बुधबार) मा होटलको मयुरबागमा अपराह्न ४ बजे ‘वाउ सेरेमनी’ अर्थात् विवाह संस्कार सुरु हुनेछ। यो विवाह मराठी रीतिरिवाजअनुसार हुनेछ।

यसअघि आज बिहान उदयपुरको ताज अरावली रिसोर्टमा आयरा र नुपुरको विवाह संस्कार सुरु भएको थियो। आयरा र नुपुरको मेहेन्दी समारोह सोमबार बिहान भएको थियो।

कार्यक्रममा स्थानीय कलाकारले आयरालाई मेहेन्दी लगाएका थिए। त्यसपछि आयरा पनि स्टेजमा आएर नाचिन्।

नुपुर पनि आफ्नो बिहेको तयारीमा देखिएका थिए। यस अवधिमा आयरा र नुपुरले आफैँले आफ्ना सामाजिक सञ्जालमा धेरैवटा भिडिओ र तस्बिर सेयर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .