ad ad

कला


अनुप विक्रमको मुख्य भूमिकामा ‘म्याउँ’ बन्ने, उत्तम प्रधानले कमब्याक गर्दै

अनुप विक्रमको मुख्य भूमिकामा ‘म्याउँ’ बन्ने, उत्तम प्रधानले कमब्याक गर्दै

नेपालखबर
माघ १, २०८० सोमबार १२:५२, काठमाडौँ

अनुप विक्रम शाही र उत्तम प्रधानको मुख्य भूमिकाका फिल्म ‘म्याउँ’ बन्ने भएको छ। माघेसक्रान्तीको अवसरमा म्याउँको पहिलो भाग बन्ने घोषणा भएको हो। 

जय मिडिया म्यानेजमेन्टको प्रस्तुतिमा बन्ने फिल्म उत्तमका लागि कमब्याक फिल्म हो। जय राज रायको लेखन, निर्देशन तथा निर्माणमा बन्ने फिल्मको लागि मुख्य अभिनेत्रीको पनि टुंगो लाग्न सकेको छैन।

मानसिक रूपमा विक्षिप्त अवस्थाको ‘साइको किलर’ जसको आफ्नै समस्याग्रस्त अतित छ। उसले समाजमा देखाउने आफ्नो उपस्थिति र त्यसबाट उत्पन्न हुने परिस्थितिको कथामा यो चलचित्र बन्न लागेको रायले बताए। ‘ट्विस्ट एन्ड टर्न’ को भरपुर प्रयोग गरी शानदार अनुभव दिलाउन कुनै कसर नछाड्ने बताए। 

दक्षिण भारतीय फिल्म सङ्गीतका प्रख्यात एजे अलीमिर्जाक नौशाद अलीले सङ्गीत दिने यस चलचित्रमा दक्षिण भारतीय चलचित्रका पार्श्व गायक गायिका साई भिग्नेश, पद्मलताले स्वर दिनेछन्। साई चर्चित चलचित्र ‘कान्तारा’ को गीत ‘बराह रूपम’ र पद्मलता चलचित्र ‘थानी ओरूभन’ को ‘कान्नाला कान्नाला’ गीतबाट चिनिन्छन्।

दक्षिण भारतीय फिल्मकै प्रख्यात सिनेमाटोग्राफर आकाश कुमारको खिँच्ने फिल्मलाई लक्ष्मण सुनारले एशोसियट निर्देशन तथा सम्पादन गर्नेछन्। चीनमा समेत यसकाे रिलिज गरिनेछ। 

फिल्मको चिनिया वितरक साउथ एसिया मेरीटाईम सिल्क रोड (फुजियान) ईन्टरनेसनल मिडिया कोलिचलचित्रमा आबद्ध भइसकेको। यो फिल्म सन् २०२४ मा विश्वभर रिलिज गरिदैँछ। 

जेनी खतिवडा राय, केन्द्र रेग्मी र प्रिन्स कुमार चौधरी सह निर्माता रहेको चलचित्रकी कार्यकारी निर्माता निशा खतिवडा हुन्। भुटानी चलचित्रमा अनुभव लिएका सुमन माझीको साउन्ड डिजाइन र सुदिप भण्डारीको भिएफएक्स रहनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .