ad ad

कला


निर शाह भन्छन् : देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै छैनन्

निर शाह भन्छन् : देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै छैनन्

नेपालखबर
माघ २, २०८० मंगलबार २०:२२, काठमाडौँ

अग्रज कलाकार निर शाहले नेपालमा चलचित्र क्षेत्र राष्ट्रिय र उद्योगका रुपमा विकास हुन नसकेको बताएका छन्।

मंगलवार निफ २०२४ बारे जानकारी दिन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालमा अहिलेसम्म पनि चलचित्र नामको कर्म मात्रै रहेको बताए। उनले चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौति रहेको बताए।

उनले भने, ‘हामीसँग चलचित्र नामको कर्म छ, तर त्यो उद्योग हुनसक्यो की सकेन? त्यसमा अध्ययन गर्न जरुरी छ। हामी राष्ट्रिय चलचित्र उद्योग भन्छौँ, त्यो उद्योग हुनसक्यो की सकेन भन्नेमा विश्लेषणात्मक अध्ययनको जरुरी छ। मेरो विचारमा हुन सकेको छैन। राष्ट्रिय पनि हुन सकेको छैन। उद्योग पनि हुन सकेको छैन। चलचित्र चाहीँ छ।’

उनले देशमा नेपाली सिनेमा देखाउने चलचित्र घर नै नरहेको बताए।

कलाकार शाहले आयातित चलचित्रले प्रश्रय पाउनेगरी खोलिएका चलचित्र घरहरुमा नेपाली चलचित्र प्रदर्शनी गरेर चलचित्र क्षेत्रको विकास हुन नसक्ने बताए।

उनले थपे, ‘चलचित्र कर्मलाई दिगो रुपले टेवा दिने उपयुक्त किसिमको पुँजी व्यवस्थापन नहुनु र बजार व्यवस्थापन नहुनु आजको हाम्रो चलचित्र कर्मको सबैभन्दा ठूलो चुनौति हो। नेपाली सिनेमा देखाउने चलचत्रि घरहरु नै छैनन्, जुन देशमा, त्यो देशमा नेपाली चलचित्रको विकास कसरी हुन्छ? आयातित सामग्रीले प्रश्रय पाउनेगरी खोलिएका पसलहरुमा आफ्नो सामान राखेर हामी माथि पुग्छौँ?’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .