फिल्म ‘अगस्त्य : च्याप्टर १’ बाट अभिनेत्री मलिका महतको लुक्स बाहिरिएको छ। निर्माण टिमले मलिकाको क्यारेक्टर लुकसहितको पोस्टर सार्वजनिक गरेको छ। यस फिल्ममा मलिका चाँदनीको भूमिकामा देखिनेछिन्।
यसअघि मुख्य कलाकार सौगात मल्ल र नाजिर हुसेनको गेटअप सार्वजनिक भएको थियो। दुवैको लुकले निकै चर्चा समेत पाएको थियो। निर्माणटिमले ३ दिनपछि फिल्मको टिजर समेत रिलिज गर्नेछ।
सौरभ चौधरी निर्देशित यो फिल्म आगामी फागुन १८ गतेबाट रिलिज हुँदैछ। यस फिल्ममा निश्चल बस्नेत, प्रमोद अग्रहरी, विजय बराल, रवीन्द्र झा लगायतका कलाकारको पनि अभिनय छ।
डार्क हर्स इन्टरटेन्मेन्ट र सेभेन सिज इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्ममा प्रकाश मल्ल, अनिष तामाङ र विनोद पौडेलको लगानी छ। फिल्मका कार्यकारी निर्माता विश्व गौचन र अभिषेक चौधरी हुन्।
15
Shares
प्रतिक्रिया